माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल तयारी

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा तेस्रो संस्करणको अध्यक्ष कप, गण्डकी प्रदेश अन्तरपालिकास्तरीय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ ।
खेलकुदमा युवाहरुलाई आकर्षित गर्ने र खेलकुदकै माध्यमबाट पालिकालाई चिनाउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको पालिका अध्यक्ष मीनबहादुर गुरुङ बताए ।
माछापुच्छ्रे–७, धम्पुसमा फागुन १४ देखि १७ गते सम्म चल्ने पुरुष भलिबल प्रतियोगिताको विजेताले उपाधिसँगै नगद २ लाख र उपविजेताले नगद १ लाख साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । सेमिफाइनलमा पराजित २ समूहलाई नगद रु ५०–५० हजार रुपैयाँ प्रदान गरिने छ । पुरुष भलिबल खेलमा पालिका बाहिरका जुनसुकै तह वा स्तरका २ जना खेलाडी समावेश गर्न सकिने छ ।
यता खुल्ला महिला भलिबल तर्फ विजेतालाई उपाधिसँगै नगद १ लाख र उपविजेतालाई नगद ५० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र दिइने छ । सेमिफाइनलमा पराजित २ समूहलाई नगद २५–२५ हजार रुपैयाँ प्रदान गरिने छ ।महिला भलिबल तर्फ एक समूहमा २ जना सम्म राष्ट्रिय खेलाडी समावेश गराउन पाइनेछ ।
पुरुष तथा महिला भलिबल प्रतियोगिताको विधागत तर्फ बेस्ट प्लेयर,कोच, स्पाईकर, मिडल ब्लकर, डिफेन्डर,सर्भरलाई पालिकाको लोगो अंकित खेलकुद पोसाक प्रदान गरिने उपाध्यक्ष सीता अधिकारीले बताइन् ।
प्रतियोगितामा सहभागी हुन फागुन १२ गते दिउँसो बजेसम्म टिम दर्ता गर्नुपर्ने गाउँपालिका खेलकुद विकास समिति सदस्य सचिव हुमबहादुर गुरुङले बताए । टिम दर्ता निशुल्क छ ।









पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
मुख्य व्यापारिक क्षेत्रमा सभा र जुलुस गर्न रोक
विद्यार्थीलाई कपडा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया