प्रेस सेन्टर पोखरामा हुम गुरुङ

पोखरा । प्रेस सेन्टर नेपालको पोखरा महानगरपालिका कमिटीको अध्यक्षमा हुमबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन्। प्रेस सेन्टरको पोखरामा भएको दोस्रो अधिवेशनमा गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध रूपमा निर्वाचित भएको हो। समितिको प्रथम उपाध्यक्षमा सपना रसाइली, द्वित्तीय उपाध्यक्षमा शिव थापा, सचिवमा प्रकाश अधिकारी, कोषाध्यक्षमा सरिता तामाङ र सहसचिवमा दिलिप भण्डारी निर्विरोध रूपमा निर्वाचित भएका छन्। सदस्यहरूमा गिता तिवारी, एलिशा थापा, रवि भण्डारी र दक्ष गुरुङ चयन भएका छन्।
अधिवेशनको उद्घाटन सत्रमा नेकपा माओवादी केन्द्रका नेता विश्व प्रकाश लामिछानेले पत्रकारिताका माध्यमबाट समाजवाद स्थापनाका लागि सहयोग गर्न आग्रह गरे। उनले भने, “अब नेपालमा विधिको शासन, भ्रष्टाचार र अनियमितता नियन्त्रणमा पत्रकारले थप मेहनत गर्न आवश्यक छ।”
कार्यक्रममा अध्यक्ष शिबराज बस्ताकोटीले संगठनले गरेका गतिबिधीका बारेमा जानकारी दिएका थिए। प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव माधव पनेरुले देशभर पाँच हजारभन्दा बढी प्रेस सेन्टरका सदस्य रहेका र पछिल्लो अवस्थाले प्रेस सेन्टर श्रमजीवी पत्रकारहरूको अग्रणी र महत्वपूर्ण संगठन भएको पुष्टि गरेको उल्लेख गरे। उनले भने, “सहिदको रगतले सिर्जित संगठनको विरासत र गौरव जोगाउन प्रेस सेन्टरका सबै सदस्यहरूको भूमिका बराबर रहेको छ।”
नेकपा माओवादी केन्द्रका पोखरा महानगर समितिका सचिव जनकराज पराजुलीले दल र राजनीति गलत ट्रयाक लिन खोजे पत्रकारले खबरदारी गर्न आवश्यक रहेको बताए। कार्यक्रममा प्रेस सेन्टर गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डेले सक्रिय रूपमा पत्रकारितामा क्रियाशील रहन आग्रह गरे। नवर्निबाचित कमिटीलाई कास्की जिल्ला इन्चार्ज शन्दश श्रेष्ठले बधाई तथा शुभकामना दिएका थिए।
तपाईको प्रतिक्रिया