अमेरिकाको भर्जिनियामा पोखरीमा डुबेर २ नेपालीको मृत्यु

पोखरा । अमेरिकाको भर्जिनिया च्याान्टिलीस्थित १ होटेल बाहिर रहेको पोखरीमा डुबेर बिहीबार बिहान २ नेपालीको निधन भएको छ । मृतक दुवै जना कारमा सवार थिए ।
फेयरफ्याक्स काउन्टी प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार, विन्डहम होटेल नजिकै ती २ नेपाली चढेको कार हिउँका कारण चिप्लिँदै पोखरीमा खसेपछि दुवै जनाको निधन भएको हो ।
मृतकहरूमा बुटवल स्थायी घर भई भर्जिनियाको च्यान्टिली बस्ने ५५ वर्षीय कर्णबहादुर खड्का र काठमाडौंका २१ वर्षीय निश्चल भट्ट हुन् । भट्ट विद्यार्थी भिसामा ६ महिना अघिमात्र अमेरिका आएका थिए । उनीहरु मामाभान्जा हुन् ।
उनीहरूले चलाएको गाडी पोखरीभित्र खसेपछि उनीहरू निस्कन नसकेका कारण उनीहरूको निधन भएको प्रहरीको भनाइ छ । उनीहरू खसेको १० मिनेटभित्रै प्रहरीसहितको उद्धार टोली आएर सो गाडी पोखरीबाट निकाल्दासम्म उनीहरूको चिसोमा कठ्याङ्ग्रिएर मृत्यु भइसकेको प्रहरीले जनाएको छ । प्रहरीले यस बारे थप अनुसन्धान गरिरहेको छ ।









गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
विधान संशोधनका लागि कार्यशाला
पोखरा लिंकन कलेजमा बधाई
न्यु इयर इभमा उज्जनको प्रस्तुति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया