खाष्टे सहकारीको साधारण सभा

समाधान संवाददाता २०८१ पुष २६ गते १४:५१

लेखनाथ ।

Advertisement

पोखरा महानगरपालिका वडा नं २६ मा रहेको खाष्टे बचत तथा ऋण सहकारीको १४ औं वार्षिक साधारण सभा भएको छ । कार्यक्रममा असल सहकारी अभ्यासमा सहभागी सहकारीका सेयर सदस्यहरुलाई सम्मान गरिएको छ ।

असल ऋणी कल्पना पुर्जा, असल वचतकर्ता सरबहादुर भुजेल, ज्येष्ठ सदस्य रोहीणी अधिकारी र सेतु अधिकारीलाई सम्मान गरिएकाे हाे । कक्षा १२ मा उत्कृष्ठ अंक ल्याएका मनिसा बराल र स्वकार रानाभाटलाई पनि सम्मान गरिएकाे थियाे ।

पोखरा महानगरपालिका सहकारी साखाका अध्यक्ष रविरमण तिवारीले सहकारीले आम सेयर सदस्यको आर्थीक, सामाजिक र साँस्कृतीक पाटोको विकास गराउँदै सदस्यहरु बिच मेलमिलाप र सहयोगको भावना सृजना गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा जागरुक नागरिक समाजका अध्यक्ष रामहरि ढुंगानाले सरकारले तल्लो वर्गका किसानलाई माथी उठाउने योजना ल्याउन नसकेकोमा दुः ख ब्यत्त गरे । कृर्षि उत्पादनले मात्र देशको आर्थीक अवस्थालाई सुधार गर्न सक्ने र जनताको आय स्तरमा पनि सुधार हुने भएकाले सहकारीले सेवा र वस्तु बेच्ने योजना बनाउनुपर्ने सुझाव राखे ।

Advertisement

नेपाली काँग्रेस कास्की क्षेत्र नं १ का सभापति राजेन्द्रमणि लमिछाने, जल्धारे बचत तथा ऋण सहकारीका अध्यक्ष विष्णुप्रसाद बराल, मार्गदर्शन कृषि सहकारीका अध्यक्ष बालकृष्ण त्रिपाठी लगायतले एक सहकारी एक उत्पादनको अवधारण ल्याउने हो भने स्वदेशमा नै रोजगारको अवस्था सृजना भइ सेयर सदस्यको आय आर्जनमा सहयोग पुग्ने बताए ।

संस्थाका अध्यक्ष शिवजी तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पार्वती तिवारीले स्वागत मन्तव्य राखेकी थिइन् ।कार्यक्रमको सञ्चालन लेखा सुपरिवेक्षण समितिका सदस्य विरेन्द्र दाहालले गरेका थिए ।

तपाईको प्रतिक्रिया