एन्फा कास्की आबद्ध क्लबसँग अन्तर्क्रिया

समाधान संवाददाता २०८१ पुष २७ गते १७:४६

पोखरा । २४औं आहा रारा पोखरा गोल्डकप सम्पन्न गर्न एन्फा कास्की आबद्ध क्लबहरूले सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार सहारा क्लब पोखराले एन्फा कास्कीमा आबद्ध २२ क्लबलाई डाकेर प्रतियोगिताको तयारीबारे छलफल गरेको थियो ।

Advertisement

एन्फा कास्कीका अध्यक्ष उज्ज्वल रञ्जितको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा उपस्थित २१ क्लबका प्रतिनिधिले आहारारा पोखरा गोल्डकप पोखराको चिनारी भएकाले आ–आफ्नो स्थानबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनीहरूले सेभेन ए साइड र फुटसलका कारण ११ ए साइड फुटबलका खासै प्रतियोगिता हुन नसकेको अवस्थामा आहारारालाई भव्य रूपमा सफल पार्ने बताए ।
सहारा क्लबका पूर्व अध्यक्ष एवं प्रतियोगिताको संघसंस्था समन्वय समिति संयोजक वीरभद्र आचार्यले सबै जनाको उत्साहपूर्ण उपस्थितिले अन्तत्र्रिmया निकै फलदायी भएको बताए । उनले भने, ॅउहाँहरू सबै जनाले यो प्रतियोगितालाई आफ्नै प्रतियोगिता ठानी सहयोगको प्रतिबद्धता जनाउनुभएको छ । हामीलाई लाग्छ, प्रतियोगिता आधा सफल भइसकेको छ ।’

सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा क्लब सचिव एवं संघसंस्था समन्वय समिति सचिव टंकप्रसाद पौडेलले सञ्चालन र धन्यवाद ज्ञापन वीरभद्र आचार्यले गरेका थिए । कार्यक्रममा एन्फा कास्कीका संस्थापक अध्यक्ष एवं क्लबका मानार्थ सदस्य महेश गुरुङ, विभिन्न क्लबका अध्यक्ष, पदाधिकारी, प्रतिनिधि, सहाराका पूर्वअध्यक्ष, सल्लाहकार तथा सदस्यहरूको सहभागिता थियो ।

क्लबले आगामी माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा आहारारा पोखरा गोल्डकप आयोजना गर्दैछ । प्रतियोगिताबाट बचत रकम सहाराले दोबिल्लामा सञ्चालन गरेको सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडमीमा खर्चिने क्लब महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया