कोन सहकारी अध्यक्षमा माधवप्रसाद सिग्देल सर्वसम्मत

पोखरा । कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था पोखरा १३ को अध्यक्षमा माधवप्रसाद सिग्देल सर्वसम्मत भएका छन् । सहकारीको २६ औं वार्षिक साधारण सभा नवौं निर्वाचनबाट शान्तकुमार श्रेष्ठ उपाध्यक्ष, सचिवमा सुरेन्द्रप्रसाद सिग्देल, कोषाध्यक्ष जयप्रसाद सापकोटा र सहसचिवमा केदारराज सिग्देल छन् ।
सदस्यमा बजिरमान श्रेष्ठ, शारदा पराजुली, खड्कबहादुर गुरुङ र अम्बिका गुरुङ चयन भएका छन् । लेखा सुपरीवेक्षण समितिमा ज्ञानेन्द्रप्रसाद सिग्देल संयोजक र सदस्यमा ईन्द्रप्रसाद भट्टराई र लक्ष्मी गुरुङ सर्वसम्मत बनेको निर्वाचन समितिका संयोजक तथा निर्वाचन अधिकृत दयाराम गौतमले जानकारी दिए ।
सभामा सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशका रजिस्ट्रार भेषराज रिजालले नियम र कानुनको पालना गरे कुनै पनि सहकारी कमजोर नहुने धारणा व्यक्त गरे । सहकारीका अध्यक्ष तीर्थबहादुर बस्नेतको अध्यक्षतामा भएको सभामा सहकारीका मानार्थ संरक्षक शरदकान्त सिग्देलले स्थानीय स्तरमा हुने सहकार्य र एकतामा जोड दिँदै २५ वर्ष लामो इतिहासलाई जोगाउन सक्नुपर्ने बताए ।
सभाका रजत स्मारिमासमेत विमोचन भएको थियो । कार्यक्रममा उत्कृष्ट सेयर सदस्य तारामती गुरुङ र बिमला गुरुङलाई सम्मान गरियो ।
वर्ष उत्कृष्ट तथा १५ वर्ष बढी निरन्तर सेवा गरेका कर्मचारीमा सुपरभाइजर रुपा गुरुङ र वरिष्ठ सहायक मनबहादुर गुरुङलाई पुरस्कृत गरिएको महाप्रबन्धक सुजता हमालले जानकारी दिइन् । सभामा तीर्थबहादुर बस्नेतले अध्यक्षको, शान्तकुमार श्रेष्ठले सचिवको, जयप्रसाद सापकोटाले कोषाध्यक्षको र ज्ञानेन्द्रप्रसाद सिग्देलले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरे ।
कार्यक्रममा सहकारीका उपाध्यक्ष माधवप्रसाद सिग्देल, शारदा पराजुली, सेयर सदस्यहरु किरण केसी र सत्यदेवी खनालले बोलेका थिए । सहकारीमा १८ करोड ९४ लाख १७ हजार ७ सय सेयर पुँजी छ ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया