पोखरा इन्जिनियरिङ कलेजमा विद्यार्थीलाई स्वागत

पोखरा । पोखरा इन्जिनियरिङ कलेज (पेक)मा स्वतन्त्र विद्यार्थी परिषदले नयाँ विद्यार्थीलाई स्वागत गरेको छ । शुक्रबार विशेष कार्यक्रम आयोजना गरी बिइ–सिभिल, बिइ–कम्प्युटर, बिइ–आइटी र बि–आर्किटेक्चरका पहिलो सेमेस्टरमा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको हो ।
कार्यक्रममा कलेजका प्रिन्सिपल सोम गुरुङले कलेजले ज्ञान, अनुभव र नेतृत्व विकासका लागि पर्याप्त अवसर उपलब्ध गराएको जनाए । उनले विद्यार्थीलाई सहकार्य, मेहनत र इच्छाशक्तिका साथ भविष्य निर्माण गर्न प्रेरित गरिने उल्लेख गरे ।
कलेजका निर्देशक अम्बर गुरुङले इन्जिनियरिङ सिर्जनशीलता र समस्या समाधानको कला भएको बताउँदै विद्यार्थीले समाज र राष्ट्रलाई सकारात्मक परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । क्याम्पसका प्रशासन प्रमुख चिजकाजी गुरुङले राजनीति र अध्ययनको सन्तुलनमा ध्यान दिन आग्रह गर्दै पढाइमा असर गर्ने क्रियाकलापले विद्यार्थी र संस्थालाई नोक्सान पुर्याउने उल्लेख गरे ।
कलेजका पूर्व विद्यार्थी तथा पोखरा विश्वविद्यालयका सहायक प्राध्यापक डा उदयराज ढुंगानाले शैक्षिक प्रमाणपत्र मात्र होइन, अनुशासन र नैतिकता पनि जीवनमा सफल हुन महत्वपूर्ण रहेको धारणा राखे। । स्वतन्त्र विद्यार्थी परिषदका कार्यवाहक सभापति गौरव गिरीको अध्यक्षतामा भएको कार्यक्रममा मिलान डुम्रेले पनि बोलेका थिए ।








कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया