जनप्रकाश माविको ६७ औं वार्षिकोत्सव
लेखनाथ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं २९ मा रहेको जनप्रकाश माविले शनिबार विविध कार्यक्रमका साथ ६७ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ ।
समारोहमा शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले सामुदायिक विद्यालयको विकासका लागि सरकार कटिवद्ध भए पनि जनस्तरमा त्यसको प्रभावकारी प्रयोग हुन नसकेको जनाए ।
उनले पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको धारणा राखे । आचार्यले शिक्षाले विद्यार्थीलाई ज्ञान, सीप र असल चरित्रवान बनाउनुपर्ने र सोही लक्ष्य प्राप्तिका लागि शैक्षिक संस्थाहरु लाग्नुपर्नेमा उनको जोड छ ।
सो अवसरमा पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य, पोखरा महानगरपालिका वडा नं २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ, संस्थापक भोजराज भण्डारी, अभिभावक चीनबहादुर गुरुङ, विद्यार्थी दीपिका सुवेदी, प्लस टु संयोजक मनोज पौडेल लगायतले बोलेका थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाबुराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक शेखरनाथ शर्माले भावी योजना र प्रगति विवरण पेश गरेका थिए । विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत भएको समारोहमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृतसमेत गरिएको थियो ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया