पोखराको हिउँदे नगरसभा सुरु, २ कार्यविधि तथा १ ऐन संशोधनका लागि टेबुल

समाधान संवाददाता २०८१ पुष २८ गते २१:०७

पोखरा । विधायन सभा तथा हिउँदे अधिवेशनका रुपमा रहेको पोखरा महानगरपालिकाको १६ औं नगर सभा आइतबारदेखि सुरु भएको छ । सभा आगामी माघ ७ गतेसम्म चल्ने नगर सभाका अध्यक्ष तथा मेयर धनराज आचार्यले जानकारी दिए ।

Advertisement

विधायन समितिका संयोजक पुष्पेन्द्र पाण्डेले सभामा २ कार्यविधि तथा १ ऐन संशोधनका लागि टेबुल गरेका छन् । सभामा भवन नियमित तथा अभिलेखिकरणसम्बन्धी कार्यविधि, २०८० (पहिलो संशोधन), भवन नियमित तथा अभिलेखिकरणसम्बन्धी कार्यविधि, २०८० (पहिलो संशोधन) र आर्थिक ऐन २०८१ (पहिलो संशोधन) पेश भएका छन् ।

सभाध्यक्ष आचार्यले सभामा पेश भएका कार्यविधि तथा ऐनको संशोधन प्रस्तावउपर आगामी माघ ७ गते दफाबार छलफल गरेर पारित गर्ने जानकारी दिए । उनले पूर्वाधार तथा भवन निर्माण मापदण्ड २०८० (पहिलो संशोधन)ले नगरपालिकामा भवन र पूर्वाधार निर्माण गर्दा पालना गर्नुपर्ने मापदण्डलाई परिवर्तन गर्ने बताए । उनले भवनको मिटर र फिटका बारेमा स्पष्ट पार्ने संकेत गरे । नगर विकास तथा भवन निर्माण मापदण्ड २०६० (पहिलो संशोधन)ले पनि भवन निर्माणसम्बन्धी मापदण्डमा संशोधन गर्ने कुरा उठाएको थियो ।

भवन नियमित तथा अभिलेखिकरणसम्बन्धी कार्यविधि, २०८० (पहिलो संशोधन)मा अर्थ, भवन निर्माण र सम्बन्धित रेकर्ड राख्ने प्रक्रियामा केही परिवर्तन गर्न प्रस्ताव गरिएको छ । आर्थिक ऐन २०८१ (पहिलो संशोधन)मा नगरपालिकाको आर्थिक गतिविधिलाई नियमन गर्ने कानुनमा संशोधन गर्न खोजिएको छ । संशोधनमा सरकारी कार्यालय, सार्वजनिक विद्यालय, संस्था दर्ता ऐन २०३४ अनुसार दर्ता भएका मुनाफारहित सामाजिक संघ, संस्थाले तिनै बाँकी रहेका बक्यौता रकमरहित चालु आर्थिक वर्षसम्मको मालपोत, सम्पत्ति कर पुस मसान्त दाखिला ३० प्रतिशत छुट दिने प्रस्ताव गरिएको छ ।

शिशुवा अस्तपतालसहित महानगर अन्तर्गतका अस्पताल तथा स्वास्थ्य संस्थाको सेवा शुल्कमा संशोधन गर्न लागिएको छ । नगर सभामा सार्वजनिक लेखा समितिका संयोजक झपटबहादुर रानाभाटले लेखा समितिको प्रतिवेदन २०८१ प्रस्तुत गरे । उनले महानगरको १ अर्बको बेरुजु फर्स्यौट गर्ने बताए । सभामा शिशुवा अस्पतालको संगठन र व्यवस्थापन सर्वेक्षण प्रतिवेदन पेश गर्ने अनुमति पाएका सुशासन समितिका संयोजक देवकृष्ण पराजुलीले विशेष नगर सभाको बैठकले आगामी माघ १ गते देखि कराररहित महानगर बनाउने बताए ।

Advertisement

मेयर आचार्यले उपमेयर मञ्जुदेवी गुरुङको तर्फबाट नगर सभामा पेश गर्ने न्यायिक समितिको अर्धवार्षिक प्रतिवेदन प्रस्तुत गरे । उनले हिउँदे अधिवेशनमा नयाँ ऐन प्रस्तुत हुनुका साथै कार्यविधि तथा ऐनको संशोधन प्रस्ताव पेश गर्ने जानकारी दिए । उनले सार्वजनिक लेखा समितिको प्रतिवेदनलाई नगर सभाले ग्रहण गर्ने बताए । उनले पोखरा २० का वडा सदस्य उत्तम गुरुङको राजीनामा कार्यपालिकाले स्वीकृत गरेको जनाए ।

प्रमुख प्रकाशकीय अधिकृत तथा सचिव शिव चौलागाईले प्रस्तुत ऐन कानुन र संशोधन प्रस्तावको अध्ययनका लागि आगामी माघ ७ गतेसम्म नगरसभा स्थगित हुने जानकारी दिए ।

तपाईको प्रतिक्रिया