प्याब्सन कास्कीमा षडानन्द गौतम

पोखरा । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) कास्कीको १९ औं जिल्ला अधिवेशन सम्पन्न भएसँगै नयाँ कार्यसमिति चयन गरिएको छ । अधिवेशनबाट षडानन्द गौतमको नेतृत्वमा सात सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
गौतम अध्यक्ष निर्वाचित भएको नयाँ कार्यसमितिमा विष्णुप्रसाद तिमिल्सिना वरिष्ठ उपाध्यक्ष र श्रीकृष्ण अधिकारी उपाध्यक्ष चयन भएका छन् । यसैगरी, सचिव सुरेन्द्रमानसिंह भण्डारी, कोषाध्यक्ष विधान गौतम, सह–सचिव डिल्लीराम अर्याल र सह–कोषाध्यक्ष नरेशप्रसाद बराल चयन भएका छन् ।

नयाँ कार्यसमितिका सदस्यहरूमा कौशल्या गुरुङ, खिमबहादुर गुरुङ, महेश्वर पराजुली, र रेखा थापा कार्की चयन भएका छन् । अधिवेशनमा कास्की जिल्लाका विभिन्न विद्यालयका प्रतिनिधिहरूको उत्साहपूर्ण सहभागिता थियो । नवनिर्वाचित कार्यसमितिले संगठनलाई अझ सशक्त र क्रियाशील बनाउँदै जिल्लाका निजी विद्यालयहरूको हितका लागि कार्य गर्ने प्रतिबद्धता जनाएको छ ।








कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया