गणपति लघुवित्तको सभा

पोखरा ।
गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार दिउँसो बेगनासताल, पोखरा, कास्कीमा सञ्चालक समितिका अध्यक्ष श्रीमती अर्चना प्रधानले सभाको उदघाटन गरिन् ।
संस्थाका कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद ढकालले सभामा प्रस्तुत गर्नुभएको नियमित तथा विशेष सम्पूर्ण प्रस्तावहरू सभाले सर्वसम्मतिले पारित गरेको छ ।
सातौँ वार्षिक साधारण सभाबाट सर्वसाधारण सेयरधनीहरूको प्रतिनिधित्व गर्दै निर्वाचित सञ्चालक प्रकाश खरेलले राजीनामा दिएपछि रिक्त रहेको उक्त सञ्चालक पदमा बाँकी अवधिका लागि यसअघि सञ्चालक समितिबाट नियुक्त भएकी काठमाडौँ निवासी श्रीमती तुलसा खरेलको नियुक्तिलाई सभाले सर्वसम्मतिले अनुमोदन गरेको छ ।
२०७३ मंसिर २४ गतेदेखि पहिलो कारोबार सुरू गरेको यस वित्तीय संस्थाले हाल २३ वटा जिल्लामा ४३ वटा शाखा कार्यालयमार्फत ग्रामीण क्षेत्रका ३४ हजार सदस्यहरूलाई वित्तीय सेवा प्रदान गरिरहेको छ । यस अवधिसम्म २ अर्ब १९ करोड ८० रुपैयाँ लाखको कर्जा लगानी गरिसकिएको छ ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया