सहारा आधारभूतमा न्यानाेकपडा

पाेखरा ।
पोखरा ९ बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा रोटरी क्लब पोखरा क्लब नम्बर ५०५०७ ले न्यानो कपडा वितरण गरेको छ । क्लबका अध्यक्ष उर्दिपकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ५० जना विशेष पारिवारिक अवस्थाका बालबालिकाहरूलाई स्वेटर वितरण गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीले सहयोगी संस्थालाई धन्यवाद व्यक्त गरे । थकालीले विद्यालयले विस्तारै भौतिक रूपमा सबलतातर्फ उन्मुख हुँदै गर्दा खुसी व्यक्त गर्दै विद्यालयलाई विविध रूपमा सहयोग प्रदान गरिदिने सहयोगीदाताहरूलाई धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ९ का जनप्रतिनिधि नन्दराम गिरिले क्लबका अध्यक्ष सोही वडाको भएको हुँदा यस विद्यालयलाई बत्तीमुनिको अँध्यारो हुनबाट जोगाउन अपिल गरेका थिए ।
रोटरी क्लब पोखराका अध्यक्ष उर्दिपकुमार श्रेष्ठले आफ्नो वडाको आफूले मतदान गर्ने विद्यालयका विद्यार्थीहरूलाई यसरी सहयोग प्रदान गर्न पाउँदा निकै खुसी लागेको सुनाए । आगामी दिनमा सोही ५० जना विद्यार्थीहरूलाई थप स्टेसनरी सामग्री र ड्रेस पनि उपलब्ध गराउने प्रतिबद्धता उनले व्यक्त गरे ।
विद्यालयका शिक्षक सुदीप कोइरालाले सञ्चालन गरेको कार्यक्रममा रोटरी क्लब पोखराका निवर्तमान अध्यक्ष कपिल किरण श्रेष्ठ, त्यसैगरी क्लबका इलेक्टेड प्रेसिडेन्ट ओमकुमार श्रेष्ठ, समाजसेवी रत्न ज्वारचन, विद्यालयका प्रधानाध्यापक लोचना अधिकारी, सल्लाहकार, समिति पदाधिकारी, शिक्षक एवं विद्यार्थीहरूको उपस्थिति थियो ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया