दियालो आधारभूत विद्यालयको स्वर्ण महोत्सव

पोखरा । स्याङ्जाको पुतलीबजार १३ कुलबाँधस्थित दियालो आधारभूत विद्यालयको स्वर्ण महोत्सव, अभिभावक दिवस र पुरस्कार वितरण कार्यक्रम सोमबार भएको छ।
विद्यालयका अध्यक्ष मोहमद अलि सेखको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुतलीबजार नगरपालिकाका उपप्रमुख देवी अर्याल प्रमुख अतिथि थिइन् । उनले सामुदायिक विद्यालय सुधारका लागि नगरपालिका क्रियाशील रहेको बताइन् । समुदायको सहभागितामा मात्र शिक्षा प्रभावकारी हुने उनकाे भनाइ थियो ।

विद्यालयको शैक्षिक र भौतिक प्रगतिका लागि सहयाेग गर्ने विभिन्न व्यक्तिहरुलाई उक्त अवसरमा सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा विव्यस अध्यक्ष मोहमद अलि शेख, प्रधानाध्यापक हरिप्रसाद कोइराला, देवीलाल नेपाली, शिक्षिका शर्मिला दवाडी, विव्यस पूर्व अध्यक्ष रेशमबहादुर खत्री, रमाजान मिया, अहमद मिया, स्याङ्जा हेल्थ सेन्टरका सञ्चालक डा वसन्त पंगेनी, रुम टु रिडका कार्यक्रम अधिकृत टेक ढेंगालाई सम्मान गरिएको थियो ।

साथै पछिल्लो वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने र जेहेन्दार छात्रछात्रालाई वार्षिक पुरस्कार समेत प्रदान गरिएको छ ।
कार्यक्रममा शिक्षिका शर्मिला दवाडी र विद्यार्थी शोभाग्य पौडेलले स्वागत मन्तव्य राखे । विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रेशमबहादुर खत्रीले शुभकामना मन्तव्य राखे भने प्रअ हरिप्रसाद कोइरालाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
उक्त अवसरमा मातृभूमि माविका पूर्व प्रअद्वय वालचन्द्र थापा र ध्रुवराज अधिकारी फ्नो भनाइ राखेका थिए। वडाध्यक्ष जुद्धबहादुर थापा, पूर्व विद्यार्थी सन्तोष लम्साल, डा वसन्त पंगेनी, टेक ढेंगा लगायतले शुभकामना मन्तव्य राखे ।

स्थानीय कोइराला परिवारको अग्रसरतामा २०३१ मा विद्यालय स्थापना भएको हो । ५ कक्षासम्म पढाइ हुने विद्यालयमा हाल ५२ जना विद्यार्थी छन् । विद्यार्थीलाई समाजसँग नजिकै राख्न र परम्परागत सामग्रीका बारेमा जानकारी दिने उद्देश्यले विद्यालयमा मिनी संग्रहालय स्थापना गरिएको छ । संग्रहालय अवलोकनका लागि अन्य विद्यालयका शिक्षक विद्यार्थी अवलोकनका लागि आउने गरेको प्रअ हरिप्रसाद कोइरालाले बताए ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया