विश्वमा युद्धको अन्त्य र आगलागी नियन्त्रणको कामनासहित पोखरामा द्वीप प्रज्ज्वलन

पोखरा । पृथ्वी हाम्रो घर हो भन्ने नाराका साथ विश्व शान्तिको कामना गर्दै राष्ट्रप्रेमी युवा पोखराले बिहीबार विशेष कार्यक्रम गरेको छ । महेन्द्रपुलस्थित अन्तर्राष्ट्रिय झण्डा पार्कमा गरिएको कार्यक्रममा युवाहरूले द्वीप प्रज्ज्वलन गर्दै विश्वमा भइरहेको प्राकृतिक विपद र त्यसबाट पुगेको मानवीय तथा भौतिक क्षतिको न्यूनीकरणको कामना गरे।
विपदबाट ज्यान गुमाएका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै विस्थापित र अंगभंग भएका र भौतिक क्षति बेहोरेकाहरु उनीहरुले सहानुभूति प्रकट गरे।
कार्यक्रममा अभियानका सदस्य उत्तमप्रसाद पौडेलले आफ्नो शोक मन्तव्य राखेका थिए। उक्त शोक सभाको परिकल्पनाकार पोखरा महानगरका मेयर धनराज आचार्यको पनि उपस्थिति थियो ।
कार्यक्रमको संयोजन राष्ट्रप्रेमी युवाका संयोजक देवेन्द्रराज सुवेदी र सहसंयोजक सुदीप शर्मा पौडेल र दीपकबहादुर गोदारले गरेका थिए । रामराज सुवेदी र दुर्गा सुवेदीको समेत उपस्थिति थियो ।
बुद्धको भूमिबाट युद्धको अन्त्य होस् भन्ने कामना गर्दै इजरायल र हमास युद्धमा युद्धबन्दी बन्न पुगेका नेपाली भूमिका युवा विपीन जोशीको सफल उद्धारको समेत कामना गरिएको थियो। त्यसैगरी रसिया र युक्रेनको युद्धले पनि छिट्टै शान्तिको रुप धारण गरोस् भन्ने कामना समेत गरिएको थियो। कार्यक्रमको सञ्चालन बज्रराज अधिकारिले गरेका थिए ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया