अल्फा एकेडेमीमा लागुऔषध तथा भूकम्पीय जोखिम न्यूनीकरण तालिम

पोखरा । पोखरा २६ मा रहेको अल्फा एकेडेमीमा एक दिवसीय लागुऔषध तथा भूकम्पीय जोखिम न्यूनीकरण तालिम भएको छ । शुक्रबार कार्यक्रम सशस्त्र प्रहरी बल नं. २४ गण कालिका, मालेपाटनको सहजीकरणमा भएको हो । कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीलाई केन्द्रित गरी अभिमुखीकरण आयोजिना गरिएको हो ।
सशस्त्र प्रहरी बल नं. २४ का प्रहरी निरीक्षक विश्वराज त्रिपाठीले लागुऔषधसम्बन्धी सचेतनाबारे सहजीकरण गरे । प्रहरी नायब निरीक्षक दीपक सिग्देलले भूकम्पीय जोखिम न्यूनीकरणबारे प्रकाश पारे । त्रिपाठीले विद्यार्थी उमेरमै यस खालका सचेतना कार्यक्रम सञ्चालन गर्नाले भविष्यमा लागुऔषध प्रयोग कम भई सभ्य समाज निर्माण गर्न सहयोगी हुने धारणा राखे ।
सहजकर्र्ता सिग्देलले नेपाल भूकम्पीय जोखिमका दृष्टिले निकै उच्च जोखिमयुक्त रहेका कारण विद्यार्थीमार्फत समुदायमा भूकम्पसम्बन्धी सचेतना पुर्याउन सकेमा भविष्यमा आउन सक्ने भूकम्पबाट क्षति कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । पाठ्यक्रममै समावेश भएका विषयमा थप ज्ञान सिक्ने अवसर प्राप्त भएकोमा विद्यार्थी उत्साहित देखिन्थे ।
सो अवसरमा विद्यार्थीलाई खेलकुद सामग्रीसमेत हस्तान्तरण गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रमेशराज पौडेल लगायतले बोलेका थिए ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया