एआई च्याटबोटमा गुगलको न्युज अपडेट प्रविधि समावेश

वाशिङ्गटन ।
गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) संचालित च्याटबोट जेमिनी मार्फत प्रयोगकर्ताहरूलाई तत्काल समाचार अद्यावधिकहरू प्रदान गर्न एसोसिएटेड प्रेस (एपी) सँग अभूतपूर्व साझेदारीको घोषणा गरेको छ ।
गुगलले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर रियल–टाइम सामग्री डेलिभर गर्न टेक दिग्गज र समाचार संस्था बीचको सहकार्यलाई पहिलो पटक वर्णन गरेको छ ।
साझेदारीको उद्देश्य जेमिनीलाई एपीबाट लाइभ अपडेटहरू प्रदान गर्ने, खोज परिणामहरूको शुद्धता बढाउने हो । गुगलले यी अपडेटहरू चाँडै जेमिनीमा एकीकृत हुने पुष्टि गर्यो । यद्यपि बोटले हाल वास्तविक–समय समाचार अद्यावधिकहरूको अनुपलब्धतालाई सङ्केत गर्ने सन्देश प्रदर्शन गर्दछ ।
एपीका प्रमुख राजस्व अधिकारी क्रिस्टिन हेटम्यानले भन्नुभयो,“साझेदारीले विश्वव्यापी दर्शकहरूलाई समयमै र सही समाचार र जानकारी प्रदान गर्न खोजेको छ ।” (रासस/क्यूएनए)
—







गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
विधान संशोधनका लागि कार्यशाला
पोखरा लिंकन कलेजमा बधाई
न्यु इयर इभमा उज्जनको प्रस्तुति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया