पोखरा पब्लिकमा नेतृत्व विकास

पोखरा । पोखराको चाउथे स्थित अनुपम टोलमा रहेको पोखरा पब्लिक स्कुलमा एक दिने नेतृत्व विकास कार्यक्रम भएको छ । काठमाडौं विश्वविद्यालय अन्तर्गत एक वर्षे शिक्षा शास्त्र स्नातकोत्तर कार्यक्रमका विद्यार्थीले आयोजना गरेको यो कार्यक्रममा नेतृत्व विकाससँगसँगै वर्तमान शिक्षाका अवसर, सम्भावना र चुनौतीबारे छलफल भयो ।
काठमाडौं विश्वविद्यालयका प्राडा धनपति सुवेदी एवं उत्पेरक वक्ता विकल शेरचन कार्यक्रममा प्रमुख वक्ता थिए । नेपालको वर्तमान शिक्षा एवं सामुदायिक र संस्थागत विद्यालयबारे भएको छलफलमा पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, लक्ष्मी मावि लेखनाथका प्रधानाध्यापक जगन्नाथ अधिकारी र डायमन्ड माविका संस्थापक माधवशरण उपाध्याय सहभागी थिए । छलफल काठमाडौं विश्वविद्यालयका स्नातकोत्तरका विद्यार्थी सुजन लम्सालले सहजीकरण गरेका थिए ।
कार्यक्रममा प्राडा धनपति सुवेदीले शिक्षामा परिवर्तन ल्याउन शिक्षा विषयलाई विशेष प्राथमिकतामा राखेर शिक्षकलाई बढी पारिश्रमिक उपलब्ध गराउनुपर्ने बताए । उनले शिक्षासँगै जीवनोपयोगी सीपलाई पनि सँगसँगै सिकाउनुपर्ने धाराणा राखे , अर्का वक्ता उत्प्रेरक शेरचनले नेतृत्व गर्ने व्यक्तिले जहिले पनि समाज कल्याणको बारेमा सोच्नुपर्ने बताए । कार्यक्रममा सिद्ध मावि फलेपाटनका प्रधानाध्यापक राजु क्षेत्री र शीतलादेवी मावि पोखराका प्रधानाध्यापक बाबुराम अधिकारीले सामुदायक विद्यालयका सबल पक्षहरु प्रस्तुत गरे । ग्लोबल कलिजियट माविका प्राचार्य बाबुराम पन्त, पोखरा पब्लिक स्कुलका प्राचार्य कृष्ण केसीले विद्यालयमा अवलम्बन गरेका सबल पक्षबारे बोले ।
काठमाडौं विश्वविद्यालय शिक्षा शास्त्र अन्तर्गत स्नातकोत्तर प्रथम वर्षका विद्यार्थी निमा महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा पब्लिक स्कुलका प्रबन्ध निर्देशक तथा विश्वविद्यालय सोही संकायका विद्यार्थी अविनाश कार्की, मञ्जु पोखरेल लगायतले बोलेका थिए ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया