मदरल्याण्ड माविमा वार्षिक सांस्कृतिक कार्यक्रम सुरु

पोखरा । पोखरा महानगरपालिका–७, मासबारस्थित मदरल्याण्ड माविमा शुक्रबारदेखि तीनदिने वार्षिक सांस्कृतिक कार्यक्रम सुरु भएको छ । विद्यार्थीमा रहेको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउनका लागि विद्यालयले तीन दिने कार्यक्रम गरेको हो ।
विद्यालयका प्राचार्य डा. नारायण बरालका अनुसार शुक्रबार पहिलो दिन नर्सरीदेखि कक्षा ३ सम्मका बालबालिकाका लागि कार्यक्रम आयोजना गरिएको थियो । दोश्रो दिन ४ देखि ८ कक्षासम्मका बालबालिकाले प्रतिभा देखाउनेछन भने अन्तिम दिन ९ देखि १२ कक्षासम्मका विद्यार्थीले कार्यक्रम पस्कनेछन् ।
विद्यार्थीमा रहेको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउनका लागि वार्षिक सांस्कृतिक कार्यक्रम गरिएको प्राचार्य बरालले जानकारी दिए । पहिलो दिनको कार्यक्रमको पोखरा महानगरपालिका–७ का अध्यक्ष राममोहन आचार्यले उद्घाटन गरेका थिए । कार्यक्रममा प्राचार्य बरालले विद्यालयको क्यालेन्डरमै समेटेर सबै तहका विद्यार्थीका लागि कार्यक्रम राखेको बताए । विद्यार्थीमा रहेको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउनका लागि विद्यालयले हरेक वर्ष कार्यक्रम गर्ने गरेको उनले बताए ।
‘विद्यार्थीलाई कक्षाकोठामा मात्र सिमित नराखि उनीहरुमा रहेको आत्मविश्वास र क्षमतालाई बाहिर देखाउनका लागि पनि यस्ता कार्यक्रम जरुरी छन्,’ बरालले भने, ‘स्टेजमा कार्यक्रम पस्किदा एक किसिमको सिकाई विद्यार्थीमा देखिनेछ । त्यो सिकाईलाई अर्काे विद्यार्थीले उपयोग गर्नेछ ।‘ कक्षा कोठामा मात्र नभई बाहिर पनि क्षमता देखाउने अवसर विद्यालयले विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने उनले बताए ।
‘सबै किसिमको सिकाईमा विद्यार्थीको जिम्मेवारपूर्ण सहभागिता गराउने प्रयास गरेका छौं,’ प्राचार्य बरालले भने, ‘विद्यालयले विद्यार्थीलाई जुनसुकै तरिकाले पनि सिकाईमा जोड्ने र जिम्मेवार बनाउने प्रयास गरेको छ । योग्य नागरिक बनाउन विद्यालय हरदम प्रयासरत रहेको छ ।’ प्राचार्य बरालका अनुसार विद्यालयले यसअघि पनि विद्यार्थीका लागि यस्तै कार्यक्रम गरेको थियो । विद्यार्थीकै लागि भनेर साहित्य मेला पनि आयोजना गरेको बरालले स्मरण गराए ।
प्रमुख अतिथि पोखरा–७ का अध्यक्ष राममोहन आचार्यले अभिभावकले छोराछोरीका लागि पर्याप्त समय दिन छाड्दा बालबालिकाको सिकाई प्रभावित हुन थालेको बताए । ‘अभिभावकको व्यस्तताले गर्दा अहिले बालबालिकाले परिवारका सदस्यसँग घुलमिल हुन पाएका छैनन । त्यसैले जति नै व्यस्तता भएपनि केही समय निकालेर छोराछोरीका लागि उपलब्ध गराउनुपर्छ,’ आचार्यले भने, ‘तिनै छोराछोरीको भविश्यको लागि दौडधुप गर्ने अभिभावकले उनैका लागि समय दिन नसक्दा समस्या आउँछ ।’ म साह्रै नै व्यस्त छु भने पनि अभिभावकले छोराछोरीका लागि समय कटौती नगर्न उनले सुझाव दिए ।
विद्यालयले आयोजना गर्ने यस्ता कार्यक्रमले साना बालबालिकाको क्षमता प्रस्फुटन हुने पनि अध्यक्ष आचार्यले बताए । ‘बालबालिकाका लागि गतिलो सिकाई यस्ता कार्यक्रमले दिलाउँछ,’ उनले भने, ‘पढाईमा मात्र नभई सबै गतिविधिमा हुने विद्यार्थीको सहभागिताले गतिलो अर्थ राख्छ ।’
तीनदिने कार्यक्रमका संयोजक बिनित छन्त्यालले सबै तहका विद्यार्थीलाई कुनै न कुनै कार्यक्रममा सहभागि गराउने गरि यो सांस्कृतिक कार्यक्रम आयोजना गरेको बताए । उनका अनुसार तीनदिनको यो अवधिमा विद्यालयमा सिर्जनात्मक कला प्रदर्शनी पनि राखिएको छ । त्यस्तै कार्यक्रममा विद्यार्थीका लागि भजन, योगानृत्य, नाटक, नृत्य लगायका कार्यक्रम पनि राखिएको थियो । विद्यालयमा प्रदर्शनीमा राखिएको कला विद्यार्थी आफैले कोरेका थिए ।
कार्यक्रमको अवसरमा मदरल्याण्डका पूर्व विद्यार्थीद्वय अर्जुन गौतम र टिसन विश्वकर्मालाई पनि सम्मान गरिएको थियो । गौतमले इटलीमा नेपाली उत्पादनलाई बिक्री गर्दै आएका छन् । उक्त कार्यक्रममा विद्यार्थीसँगै अभिभावक, स्थानीय तहका प्रतिनिधि, समाजसेवी, विभिन्न विद्यालयका प्राचार्य लगायतका सहभागी थिए ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया