कर्मफ्लाइट्स फाउन्डेसनमार्फत पोसाक वितरण

समाधान संवाददाता २०८१ माघ २४ गते ४:२३

पोखरा । सरस्वती पूजाका दिन पोखरास्थित कर्मफ्लाइट्स फाउन्डेसन नेपालमार्फत मुसिकोट नगरपालिका–२, मुसिकोट रातचौर, गुल्मीको गंगा प्राथमिक विद्यालयमा अध्ययनरत ६८ जना विद्यार्थीहरूलाई न्यानो पोसाक वितरण गरिएको छ ।

Advertisement

विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई जाडो महिनामा पनि पठन कार्यमा सहजीकरण होस् भनेर न्यानो पोशाक वितरण गरिएको कुराले आफू निकै खुसी रहेको बताउँदै मुसिकोट नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष रवीन्द्र केसीले गंगा प्राथमिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरूको लागि कर्मफ्लाइट्स फाउन्डेसन नेपाल कास्कीले महत्वपूर्ण काम गरेको र यसले कार्यले विद्यार्थीमा निकै उत्साह र ऊर्जा थपिएको बताए ।

विद्यालयका प्रधानाध्यापक कौरवबहादुर खत्रीले न्यानो पोसाकका लागि आर्थिक सहयोग गरेकोमा कर्मफ्लाइट्स फाउन्डेसन नेपाल कास्कीप्रति विद्यालय परिवार आभारी रहेको बताए । उनले विद्यार्थीलाई पोशाकको सम्मान गर्न आग्रह गर्दै आफ्नो पढाइलाई अझ उचाइमा पुर्‍याउन अनुरोध गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनकबहादुर खत्रीले विद्यालयलाई सम्झेर यहाँ अध्ययनरत विद्यार्थीहरूलाई पोसाकका लागि आर्थिक सहयोग गरिदिने संस्था कर्मफ्लाइट्स फाउन्डेसन नेपाल कास्कीलाई धन्यवाद दिए ।
कार्यक्रममा विद्यालयका अक्षयकोषदाता लेखनाथ भट्टराई, शिक्षक अभिभावक संघका अध्यक्ष गोपाल बहादुर खत्री, विद्यालय व्यवस्थापन समितिका सदस्य फतिकुमारी सारु, रविलाल कुमाल, कल्पना राना, झरुवा बाल विकास केन्द्रकी अध्यक्ष विजुला राना, शिक्षक अभिभावक संघका सदस्य कमला राना, मुना राना, समाजसेवी सुशील पन्थी लगायत शिक्षक अभिभावकको उपस्थिति थियो ।

कर्मफ्लाइट्स फाउन्डेसन नेपाल बाग्लुङ जिल्ला संयोजक झमबहादुर कुँवरले गंगा प्राथमिक विद्यालयमा आएर सहयोग गर्न पाउँदा आफू निकै खुसी रहेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनकबहादुर खत्रीको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक कौरवबहादुर खत्रीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक सरस्वती चालिसेले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया