महतगौंडाको जानकी मावि ४८ वर्षमा

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १७ महतगौडास्थित जानकी माध्यामिक विद्यालयको ४७ औं वार्षिकोत्सव विविध कार्यक्रमसहित भएको छ । सो अवसरमा कक्षातग तथा अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय तथा तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरियो ।
गण्डकी प्रदेश सभा सदस्य भिम कार्कीले बार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए । विद्यालयमा सरकारी लगानी अनुसारको शैक्षिक गुणस्तर कायम हुन नसकेको विषयमा चर्चा गर्दै उनले त्यसका लागि शिक्षक, अभिभावक र विद्यार्थी बिच त्रिकोणात्मक प्रयासको खाँचो आंैल्याए ।
पोखरा १७ का वडाअध्यक्ष राधिका शाही योगीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार हुँदै आएको संकेत देखिन थालेको बताउँदै थप प्रयासमा जुट्न विद्यालय परिवारलाई आग्रह गरे । वडास्तरबाट विद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता उनको छ ।
विद्यालयको शैक्षिक एवं आर्थिक विकासमा योगदान पुर्याउने विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको कार्यक्रममा विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महानगरका वरिष्ठ शिक्षा अधिकृत कृष्णप्रसाद भण्डारी, फलेपाटन माविका प्रधानाध्यापक गुरुदत्त कोइराला, नेकपा एमालेका विक्रम गुरुङ, नेपाली कांग्रेसका डिआर भट्टराई, रास्वपाका नूरबहादुर विक लगायतले शिक्षाको महत्वमाथि चर्चा गरे ।
विद्यालयका प्रधानाध्यापक अर्जुन कँडेलले वार्षिक प्रगति र लेखा सहायक अमित बानियाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया