चीनले सन् २०२५ ‘ग्लोबल डेभलपर सम्मेलन’ आयोजना गर्ने

शांघाइ, २६ माघ । चीनमा सन् २०२५ को ‘ग्लोबल डेभलपर सम्मेलन’ फेब्रुअरी २१ देखि २३ सम्म आयोजना हुने भएको छ । सम्मेलनमा विश्वभरका १०० विकासकर्ता समुदायलाई एकै ठाउँमा ल्याउने अपेक्षा गरिएको साङ्घाई एआई उद्योग सङ्घ (एसएआईए) ले जनाएको छ ।
उक्त सम्मेलन एआई मोडल, कम्प्युटिङ पावर र सफ्टवेयर प्लेटफर्महरू सहित अत्याधुनिक प्रविधिहरूमा केन्द्रित हुनेछ ।
सम्मेलनमा सहभागी विकासकर्ता समुदायले हार्डवेयर विकास, क्लाउड कम्प्युटिङ, बिग डाटा, इन्टरनेट अफ थिङ्ग्स, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबोटिक्स, ब्लकचेन र मेटाभर्स जस्ता विविध क्षेत्रहरूको प्रतिनिधित्व गर्नेछन् ।
हगिङ फेस, माइक्रोसफ्ट डेभलपर कम्युनिटी, अलिबाबाको मोडलस्कोप कम्युनिटी र हुवावेई कम्युनिटी जस्ता विश्वका अग्रणी समुदायहरूले कार्यक्रमभर विभिन्न आकर्षक गतिविधिहरू आयोजना गर्नेछन् ।
एसएआईएका अनुसार डिपसीक टोलीले पनि सम्मेलनमा भाग लिनेछ । सम्मेलनले विकासकर्ताहरूलाई उद्योग विशेषज्ञसँग जोडिने र विचारहरू आदानप्रदान गर्ने मौका दिनेछ ।
एसएआईए महासचिव झोङ जुनहाउका अनुसार द्रुत प्राविधिक विकासको गतिलाई कायम राख्न सम्मेलन यस वर्षबाट सुरु हुने वार्षिकबाट द्विवार्षिक कार्यक्रममा परिवर्तन हुनेछ । अर्को सत्र शरद ऋतुको लागि तय गरिएको छ । (रासस/सिन्ह्वा)







सम्पादकीय—राष्ट्रियसभाको गरिमा राख
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया