विद्यार्थीलाई गालामा पन्यु डामेको आरोपमा शिक्षिका पक्राउ
समाधान संवाददाता
२०८१ फागुन १ गते १४:५७

पाेखरा ।
तनहुँको भिमाद स्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलकी शिक्षिका सुष्मा श्रेष्ठलाई विद्यार्थीमाथि शारीरिक दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।
श्रेष्ठले कक्षा ४ मा अध्ययनरत १० वर्षीय प्रमिश परियारसहित चार जना विद्यार्थीलाई तातो पन्युले गालामा डामेको आरोपमा पक्राउ परेकी हुन् । विद्यार्थीहरु हल्ला गरेको र आफूलाई जिस्क्याएको भन्दै अनुशासन कायम गर्ने नाममा उनले विद्यार्थीलाई डामेकाे प्रहरीले बताएकाे छ ।
३२ वर्षीया श्रेष्ठ विद्यालयका प्रधानाध्यापक कृष्णदेव श्रेष्ठकी छोरी हुन्।
हाल घटनाको विस्तृत अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ।
सम्बन्धित









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया