
भीमपाणि बराल, लेखनाथ ।
पोखराको सृजना युवा क्लब र केही वहिरा शिक्षकहरुको पहलमा २०४४ सालमा स्थापना भएको सृजना वहिरा आवासीय माविमा अध्ययनरत विद्यार्थीहरुको पढाइ कक्षा १२ सम्म मात्र सीमित छ।
शिक्षक सूर्यमोहन बराल र स्वर्गीय ओम गौचनले ७ जना विद्यार्थी लिएर स्थापना गरेका थिए । विद्यालय स्थापनाकाे ३७ वर्ष पूरा हुँदा पनि कक्षा १२ भन्दा माथिको पढाइका लागि काठमाडौंको नक्सालस्थित केन्द्रीय वहिरा क्याम्पस नै धाउनुपर्ने बाध्यता छ।
फरक क्षमता भएका विद्यार्थीका लागि सांकेतिक भाषाको प्रयोग गरी नेपाल सरकारकै पाठ्यक्रम अनुसार पढाइ हुँदै आएको छ। सृजना विकास केन्द्रको संरक्षकत्वमा रहेको विद्यालय २०५८ सालमा लेखनाथको अर्घौंचोकमा स्थानान्तरण भएपछि एसएलसी परीक्षामा सहभागी हुँदै आएको छ। अहिलेसम्म २४३ जना विद्यार्थीले एसएलसी पास गरिसकेका छन् भने ४०८ जनाले कक्षा १२ उत्तीर्ण गरिसकेका छन्।
नेपालभर २५ वटा वहिरा विद्यालय छन्, जसमध्ये कक्षा १२ सम्मको पढाइ हुने सात विद्यालय मात्रै छन्। कक्षा १२ पास भएपछि काठमाडौं जानुपर्ने बाध्यताका कारण धेरै विद्यार्थीहरु बेरोजगार हुने गरेका छन्। केही विद्यार्थीहरु भने शिक्षण पेशा, स्वरोजगार तथा कृषिमा संलग्न भई जीविका चलाइरहेका छन्। तर, राज्यले कक्षा १२ पछिको उच्च शिक्षाका लागि सहज उपायहरु नअपनाएको अभिभावक दिवसका अवसरमा व्यक्त भएका गुनासोहरुमा उल्लेख गरिएको थियो।
फरक क्षमता भएका विद्यार्थीहरुका लागि राज्यले शोधमुखी र सिपमूलक शिक्षामा ध्यान दिएमा उनीहरूको भविष्य सहज बन्ने सुझाव राखिएको थियो।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले प्रदेश सरकारले वहिरा विद्यार्थीहरुको शिक्षाका लागि नयाँ योजनासहित अघि बढ्ने सोच बनाएको बताए। साथै, तत्कालका लागि जीवन उपयोगी र व्यवसायिक सिपमूलक शिक्षामा ध्यान दिन आवश्यक रहेको धारणा राखे।
सोही अवसरमा विद्यालयले प्रकाशन गर्ने ‘जो सुन्दैन’ स्मारिकाको तेस्रो अंक विमोचन गरियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाशलाल श्रेष्ठले चारैतिरबाट सडक मापदण्डभित्र विद्यालय परेकोले खुला तथा उपयुक्त स्थानको खोजी भइरहेको जानकारी दिए। विद्यालयका प्रधानाध्यापक सुनिलकुमार भण्डारीले भौतिक अवस्थाको सुधार भए तापनि शैक्षिक सुधार गर्न नसकिएको र राज्यको सीमित आर्थिक सहयोगका कारण सबै विद्यार्थीहरुलाई भर्ना गर्न नसकिएको बताए।
कार्यक्रममा सृजना वहिरा माविमा अध्ययन गरेकी तथा हाल गण्डकी प्रदेशकी सांसद सुनिता थापालाई सम्मान गरिएको थियो।

भीमपाणि बराल
बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया