हाजिरीजवाफमा डायमन्ड पहिलो

समाधान संवाददाता २०८१ फागुन २ गते २०:४५

लेखनाथ । पोखरा २७ को शिक्षा समितिले पोखरा र आसपासका विद्यालयलाई समेटेर शैक्षिक प्रदर्शनी र हाजिरीजवाफ प्रतियोगिता गरेको छ । शुक्रबार भएको माविस्तरीय हाजिरीजवाफ प्रतियोगितामा डायमन्ड मावि पहिलो भएको छ ।

प्रतियोगितामा सहभागी १२ विद्यालयमध्ये प्रथम भएको डायमन्डले १० हजार, दोस्रो लक्ष्मी आदर्श माविले ७ हजार, तृतीय जनप्रकाश माविले ५ हजार र सान्त्वना ब्रहमारुपा माविले ३ हजार पाएका छन् । कार्यक्रममा पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले विद्यार्थीले विज्ञान, प्रविधि, वातावरण, कृषि, सामाजिक, भाषा र संस्कृतिबारे जानकारी पाउन सक्ने विश्वास दिलाए ।

लक्ष्मी आदर्श मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा समिति वडा नं २७ का सदस्य चतुराखर अधिकारी, यमबहादुर रोक्का, शिक्षक अभिभावक संघका अध्यक्ष वामदेव शर्मा जमरकटेल, विद्यालयका प्रधानाध्यापक शिवमणि भण्डारी र शिक्षक कोपिला धिताल लगायतले बोलेका थिए ।

Advertisement

शनिबार बृहत शैक्षिक प्रदर्शनी हुने तय छ । शैक्षिक प्रदर्शनीमा पोखरा आसपास र छिमेकी जिल्लाका ५० भन्दा बढी विद्यालयका विद्यार्थीको सहभागिता रहने अपेक्षा छ ।

Advertisement

तपाईको प्रतिक्रिया