मेरिल्यान्ड मन्टेसरीको वार्षिकोत्सव

पोखरा । पोखरा महानगरपालिका–१५, मिलनमार्गमा रहेको मेरिल्यान्ड किड्स मन्टेश्वरीको १३ औं वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह मनाएको छ ।
कार्यक्रकमा पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले सुवेदीले बालबालिकाको समग्र विकास तथा सफल सिकाइका लागि विद्यालय, अभिभावक, विद्यार्थी तथा समाजको पनि महत्त्वपूर्ण भूमिका रहने बताए । उनले संसारका धेरै देशहरूले १५ वर्षमुनिका बालबालिकालाई मोबाइल तथा ग्याजेट प्रयोग गर्न नदिने कानुन बनाई कार्यान्वयन गरिसकेको बताउँदै, हामीले पनि बालबालिकालाई बढी मोबाइल प्रयोग गर्न दिनु नहुने र अभिभावक स्वयंले पनि मोबाइल तथा ग्याजेटको प्रयोग कम गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रमका एसओएस हर्मन माइनर गण्डकीका प्रिन्सिपल चुडामणि सुवेदीले मेरिल्याण्डले बालबालिकाको समग्र विकासका लागि पारिवारिक तथा बालमैत्री वातावरणमा शिक्षा प्रदान गरिरहेको बताए ।
थ्री स्टार टिचर एजुकेशन सेन्टर पोखराका प्रबन्ध निर्देशक तथा वरिष्ठ प्रशिक्षक प्रदीप पराजुलीले बालबालिकालाई दवाव दिएर नभई खुसी बनाएर सिकाउनु पर्नेमा जोड दिए । अभिभावकका तर्फबाट नेपाल बैंक लिमिटेड, अमरसिंह शाखाका प्रमुख अनिल श्रेष्ठ र कादुरी नेपालमा कार्यरत वरिष्ठ इन्जिनियर विपिनदीप दर्लामीले विद्यालयले बालबालिकाको सिकाइ तथा समग्र विकासमा पुर्याएको योगदानको उच्च कदर गर्दै विद्यालयको सेवा तथा सुविधाबाट सन्तुष्ट रहेको बताए ।
कार्यक्रममा नेपाल कानुन व्यवसायी परिषद् गण्डकी प्रदेशका पार्षद अधिवक्ता दयाराम गौतम, सेन्ट मेरिज विद्यालय पोखराका प्रिन्सिपल सिस्टर जेस्सी, कालिका मावि रामबजारका सहायक प्रधानाध्यापक लक्ष्मिकान्त अधिकारी, वासुदेव अधिकारी तथा बाल अधिकार नेपालकी अध्यक्ष गोमा ढकालको उपस्थिति थियो ।
बालबालिकाहरूले विभिन्न २० विधामा प्रस्तुति दिएका थिए । शैक्षिक मात्र नभई अतिरिक्त क्रियाकलापमा पनि बालबालिकालाई अगाडि बढाउनुपर्ने सन्देशसहितको नाटक प्रस्तुत गरिएको थियो । कार्यक्रममा बाबुछोरी तथा आमाछोराको संयुक्त नृत्य मुख्य आकर्षण रह्यो । शिक्षिकाहरूको नृत्य र विद्यार्थी सायोन थापा तथा पूर्व विद्यार्थी विदुषी सुवेदीले प्रस्तुत गरेको गीतले थप रौनकता ल्याएको थियो ।
विद्यालयका प्रबन्ध निर्देशक कुलप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक तथा प्रिन्सिपल सीता तिमिल्सिना सुवेदीले स्वागत गरिन् ।
कार्यक्रममा विद्यालयकी पहिलो विद्यार्थी एञ्जिला अर्याल र १०० वर्षीय ज्येष्ठ अभिभावक जगबहादुर श्रीषलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका पूर्व विद्यार्थी विदुषी सुवेदी र कृतिका पुरीले गरेका थिए ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया