युनिप्स कास्कीले मनायो स्थापना दिवस

लेखनाथ । युनिप्सले बुधबार १४ औं स्थापना दिवस मनाएको छ । कार्यक्रममा शिक्षा विकास निर्देशानलय गण्डकी प्रदेश प्रमुख घनश्याम पौडेलले नेपालका शिक्षित जनशक्ति विदेशिने क्रम बढ्दै गएकोमा चिन्ता प्रकट गरे ।
उनले त्यसतर्फ सबै शैक्षिक संस्थाले सोच्नुपर्ने औंल्याए । प्रमुख पौडेलले स्वदेशमै व्यवहारिक र प्राविधिक शिक्षा प्रदान गर्न सकेको खण्डमा विदेश पलायनलाई रोक्न सकिने विश्वास व्यक्त गरे । पौडेलले शैक्षिक संगठनहरुको संख्या धेरै भएको बताउँदै एउटै लक्ष्य र उद्देश्य बोकेका संगठनबिच एकीकरण गर्न सुझाव दिए ।
प्याब्सन कास्की अध्यक्ष षडानन्द गौतमले आफ्नो हक, अधिकारका लागि संगठित भएर अघि बढ्नुपर्नेमा जोड दिए । संस्थाका अध्यक्ष विश्वराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष विनोदकुमार नेपाली, महासचिव रोशन कोइराला, संस्थाका संस्थापक अध्यक्ष ध्रुव गिरी, निवर्तमान अध्यक्ष सन्तबहादुर गुरुङ, हिसान कास्की अध्यक्ष दिवाकर जैसी, पुस्तक व्यवसायी संघ कास्की पूर्वअध्यक्ष ऋषिराम भण्डारी, परीक्षा संयोजक कुमार रेग्मी, शिक्षक कर्मचारीको तर्फबाट शिवहरि सुवेदी लगायतले बोेलेका थिए ।
संस्थाका विद्यालयभित्र ५ वर्ष र १० वर्ष निरन्तर सेवारत शिक्षक एवं कर्मचारी, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यालय, गत वर्षकोे एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयका छात्रछात्रा र विषयगत रुपमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयलाई सम्मानित एवं पुरस्कृत गरिएको छ ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया