अञ्जुली माविमा पुरस्कार वितरण
पोखरा ।
अञ्जुली आवासीय माध्यमिक विद्यालय टुँडिखेलमा प्रजातन्त्र दिवसको अवसर पारेर पुरस्कार वितरण समारोह भएको छ । कार्यक्रममा सांस्कृतिक प्रस्तुति, टेक्वान्डो प्रदर्शन, जिम्नास्टिक, संस्कृत वाचन तथा वार्षिक खेलकुद पुरस्कार वितरण कार्यक्रमसहित उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।
विद्यालयका संस्कृत गुरु परमेश्वर पौडेलले संस्कृत भाषाको विकासमा जोड दिँदै कार्यक्रममा संस्कृत कविता वाचन गरेका थिए । विद्यालयका निर्देशक राजु केसीले किताबको शिक्षा मात्र नभई विद्यार्थीहरुको नैतिक शिक्षा र खेलकुदको विकास आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा अञ्जुली आवासीय माविले विद्यार्थीहरुको समग्र विकास गरेको देखेर एनप्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले विद्यालयप्रति कृतज्ञता व्यक्त गरे । कार्यक्रममा विभिन्न विधामा गरी ४०० विद्यार्थी पुरस्कृत भए भने ३०० विद्यार्थीले मेडल र १०० विद्यार्थीले ट्रफी प्राप्त गरे ।
राजु कायस्थ ले टेक्वान्डो र जिम्नास्टिक प्रदर्शनले विद्यार्थी र विद्यालयप्रति आभार व्यक्त गरे । विद्यालयका प्रधानाध्यापक सुनीता कुँवर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक सूर्य प्रकाश पौडेलले गरेका थिए । एन प्याब्सन कास्कीका कार्यसमिति सदस्य राजु कायस्थ, विद्यालयका शिक्षक गोविन्द पौडेल, विद्यार्थी प्रतिनिधिहरु दृश्या पौडेल र कृतिका तिमिल्सिनाले पनि मन्तव्य व्यक्त गरेका थिए ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया