वेगनास किनारमा १६ गतेबाट फुटबल

लेखनाथ ।
पोखरा ३१ को वेगनास युवा क्लब खेलकुदसँग पनि जोडिएको छ । कोभिडपछि रोकिएको वेगनास कपलाई यस वर्ष निरन्तरता दिने गरी क्लबले तयारी थालेको छ । क्लबले वेगनासताल किनारमा फागुन १६ देखि २२ गतेसम्म तेस्रो संस्करणको बेगनास कप सेभेन ए साइड फुटबल प्रतियोगिता गर्न लागेको हो ।
२०४७ सालमा स्थापना भएको क्लवले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । प्रतियोगिताका लागि फुटबल मैदान मर्मत, विभिन्न क्लबलाई पत्राचार, खेल सामग्री व्यवस्थापन लगायत तयारीका लागि विभिन्न उपसमितिमार्फत कामलाई तीव्रता दिइएको क्लब अध्यक्ष निनेन लालचनले जानकारी दिए ।
युवालाई लगानी गरौं भन्ने सोचलाई मुर्त रुप दिन प्रतियोगिता गर्न लागेको प्रतियोगिताका संयोजक विज्ञान कोइरालाले बताए । प्रतियोगिताको विजेता समूहले १ लाख २५ हजार ५सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले ५५ हजार ५सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोल रक्षकले जनही ५ हजार प्राप्त गर्ने छन् भने अनुशासित टिमले ८ हजार जित्नेछ ।
वेगनासताल बाँध किनारामा रहेको वेगनासताल खेल मैदानमा पर्यटन प्रवद्धनमा सहयोग पुग्ने गरी गर्न लागिएको प्रतियोगितामा ३५ टिमको सहभागिता रहने अनुमान छ । प्रतियोगिता गर्न ९ लाख ५० हजार खर्च र १० लाख आम्दानी अपेक्षा छ । प्रतियोगिताबाट बचत हुने रकमबाट खेल मैदान मर्मत, क्लबका सदस्यको क्षमता अभिवृद्धि तथा स्थानीय पर्यटन प्रवर्धन गर्न खर्च गरिने छ ।
प्रतियोगितामा पोखरा महानगरपालिका वडा नं ३१ को कार्यालय संरक्षक रहेको छ भने सहयोगी संस्थामा पोखरा महानगरपालिका वडा नं ७, ८, ९, १२, १३, २६ र ३० का कार्यालय, एन्फा कास्की, लेखनाथ उद्योग वाणिज्य संघ र आदर्श युवा क्लब छन् ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया