लोक नृत्यमा सृष्टि प्रथम

समाधान संवाददाता २०८१ फागुन १४ गते १२:०२

पोखरा ।
हिमाली साँस्कुतिक परिवारले पोखरा महानगरपालिका प्रथम अन्तर वडास्तरीय एकल लोक नृत्य प्रतियोगिता २०८१को आयोजना गरेको छ ।

Advertisement


पोखरा महानगरपालिका वडा नम्बर ९ को वडा कार्यालय मुख्य प्रवद्र्धन रहेको प्रतियोगितामा महानगरका १८ वडाका प्रतिनिधिले प्रतिस्पर्धा गरेका थिए ।


प्रतियोगितामा पोखरा वडा नम्बर १० की सृष्टि गुरुङ प्रथम भइन् । प्रतियोगितामा वडा नम्बर १२ का आकाश गुरुङ द्वितीय, वडा नम्बर १६ का अश्मिन गुरुङ तृतीय र वडा नम्बर १३ की रेश्मा परियारले सान्त्वना पुरस्कार पाएको परिवारका अध्यक्ष ज्ञानबहादुर थापाले जानकारी दिए ।

प्रतियोगिताको प्रथम द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने कलाकारले क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र पाएका छन् ।


प्रतियोगिताको निर्णायक संयोजक महादेव न्यौपाने र सदस्यमा गम्भीर बर्देवा, मीन गुरुङ रहेका थिए । गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा प्रतिष्ठानको भानु हलमा भएको प्रतियोगिताको हिमाली साँस्कृतिक परिवारका संरक्षक नरबहादुर शेरचनले उद्घाटन गरे ।

Advertisement


कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानी, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, हिमाली साँस्कृतिक परिवारका अध्यक्ष थापा, उपाध्यक्ष तथा कार्यक्रम संयोजक श्रीजंग गुरुङ, सहसचिव डबिन गुरुङ, मानार्थ सदस्य महेश गुरुङ लगायतले लोक संस्कृतिको बारेका बोलेका थिए ।

तपाईको प्रतिक्रिया