साकुरा मन्टेसरीको दीक्षान्त

समाधान संवाददाता २०८१ फागुन २० गते १९:४२

पोखरा । पोखरा १० सौरभ मार्गमा अवस्थित साकुरा मन्टेसरीको १५ औं अभिभावक दिवस तथा दीक्षान्त समारोह शनिबार भएको छ । कार्यक्रममा साहित्यकार गौरी तमूले विद्यार्थीलाई दीक्षित गरिन् ।

Advertisement

आफ्नै पाठ्यक्रमबाट शिक्षण गराउँदै आएको यो मन्टेसरीमा प्रिनर्सरीदेखि युकेजीसम्म पठनपाठन हुन्छ । समारोहमा १८ जना विद्यार्थी युकेजीमा दीक्षित भएका छन् । कार्यक्रममा साहित्यकार तमूले नेपाली समाजमा मन्टेसरी शिक्षाको प्रचलन बढ्दै गएको र यो सान्दर्भिक पनि रहेको जनाइन् ।

‘बालमनोविज्ञान बुझेर गर्ने, दण्ड नदिई सिकाउने मन्टेसरी शिक्षा निकै सान्दर्भिक छ,’ उनले भनिन्, ‘पहिल्लो समय कतिपय मन्टेसरीले यसका मान्यता पूरा नगरेको पनि पाइएको छ । तर साकुरा पोखराको नमुना मन्टेसरी बनेको छ ।’ साकुराकी फाउन्डर प्रिन्सिपल शर्मिला प्रधानाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा लिटल गार्डेन मन्टेसरीकी फाउन्डर प्रिन्सिपल रितु पौडेल, साकुराकी निर्देशक सन्ध्या श्रेष्ठ, के ग्याजेटका सचिन श्रेष्ठ, अभिभावक पवित्रा झा, भूतपूर्व विद्यार्थी वैभव श्रेष्ठ, मन्टेसरीकी इन्चार्ज दीपा सारु (नानु थापा) लगायतले बोेलेका थिए ।

Advertisement

समारोहमा बेस्ट टिचर अवार्डबाट शिला छन्त्याल नगद र दोसल्लासहित पुरस्कृत बनिन् । दीर्घ सेवा पदक ११ वर्षदेखि कार्यरत अलिसा शाक्य क्षेत्रीले पाइन् । साकुराका विद्यार्थीहरु मन्टेसरी शिक्षापछि अहिले सेन्टमेरिज, एसओएस, मदरल्यान्ड, जिबिएस लगायतका विद्यालयमा अध्ययन गरिरहेको फाउन्डर प्रिन्सिपल श्रेष्ठले बताइन् ।

Advertisement

तपाईको प्रतिक्रिया