अन्तर क्लब पुरुष टि–२० क्रिकेट प्रतियोतिगामा अरण्यज्योतिको पहिलो जित

पोखरा । पोखरा महानगरपालिका दोस्रो अन्तर क्लब पुरुष टि–२० क्रिकेट प्रतियोतिगामा अरण्यज्योति क्रिकेट क्लबले पहिलो जित दर्ता गरेको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा भइरहेको प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा अरण्यज्योतिले गण्डकी स्पोर्टस क्लबलाई ९५ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो ।
यसअघि उद्घाटन खेलमा अरण्यज्योतिले कास्की क्रिकेट क्लवसँग ७४ रनको पराजय व्यहोरेको थियो । टस जितेर गण्डकी स्पोर्टस क्लबले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको अरण्यज्योतिले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो । अरण्यज्योतिका लागि प्रिजन श्रेष्ठ ६५ बलमा ८३ रन र विधान श्रेष्ठले १७ बलमा ३१ रनको महत्वपूर्ण योगदान दिए । गण्डकीका सिद्धान्त गिरीले २५ खर्चेर ३ विकेट हात पारे ।
१ सय ७० रनको मध्य स्तरको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको गण्डकीले १३ ओभर अल आउट हुँदै ७६ रनमा समेटिएपछि अरण्यज्योतिले पहिलो जित हात पा¥यो । गण्डकीका सौरभ शर्माले २१ बलमा सर्बाधिक २३ रन बनाए पनि हार टार्न सकेनन् । अरण्यज्योतिका विधान श्रेष्ठले २९ रन खर्चेर गण्डकीको महत्वपूर्ण ३ विकेट र विट्टु बैठाले १७ रन खर्चेर २ विकेट हत्याउन सफल भए ।
शुक्रबारको खेलमा अरण्यज्योतिका प्रिजन श्रेष्ठ प्लेयर अफ दी म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत शनिबार माछापुच्छ्रे क्रिकेट क्लब र राइजिङ क्रिकेट क्लब आमनेसामने हुँदै छन् ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया