अमेरिकी अध्यागमन कानुनबारे अन्तरक्रिया

न्युयोर्क । नेपाली समुदायलाई अमेरिकी अध्यागमन कानुनबारे जानकारी दिने उद्देश्यले नेपाली समुदाय समन्वय समिति अमेरिकाद्वारा आयोजित विशेष अन्तरक्रिया कार्यक्रम न्युयोर्कको हिक्सभिलमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा वरिष्ठ कानुनविद् खगेन्द्रध्वज जिसीले अमेरिकाको अध्यागमन नीति, कानुनी जटिलता र समाधानका उपायबारे विस्तृत जानकारी दिए । सहभागीहरूले अध्यागमनसम्बन्धी प्रश्न राखी प्रत्यक्ष रूपमा जानकारी लिने अवसर पाए । जिसी समाजवादी अन्तर्राष्ट्रिय (सोसलिस्ट इन्टरनेसनल) का उपाध्यक्षसमेत भएकाले उनको कानुनी तथा अन्तर्राष्ट्रिय अनुभवले सहभागी निकै लाभान्वित भएको आयोजकको दाबी छ ।
कार्यक्रमका विशेष अतिथि वरिष्ठ चिकित्सक डा. रेखा हमाल जिसी थिइन् ।
कार्यक्रममा मानार्थ डाक्टर विश्वराज बास्तोलालाई खगेन्द्रध्वज जिसीले दोसल्ला ओढाएर सम्मान गरे ।
कार्यक्रमको अध्यक्षता नेपाली समुदाय समन्वय समिति अमेरिका अध्यक्ष बाबुराम शर्माले गरेका थिए भने सञ्चालन शंकरराज भण्डारीले गरे । समाजका अग्रज वेदप्रसाद खरेल, महेश खड्का, टंक रुवाली, विश्वराज बास्तोला, टिकाराज ढकाल, बसन्त चापागाईं, शंखनारायण प्रजापति, शिव फागू र विकास रेग्मीले मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपाली समुदायका प्रतिष्ठित व्यक्तित्वहरू श्याम मानन्धर, वासु लामिछाने, सूर्य पौडेल, निरज सापकोटा, निर्मल श्रेष्ठ, पम्फा भण्डारी, लक्ष्मी बास्तोला, लक्ष्मी थापा, इलिजाबेथ ढकाल, निशा शमा लगाय सहभागी थिए । यसेगरी शिव फागू, शंखनारायण प्रजापति, मोहन क्षेत्री, निर्मल थपलिया, विक्रम केसी, सानु सिलवाल, बिदुर सापकोटा, कृष्ण पौडेल, पूर्ण छन्त्याल, टिका छन्त्याल, सुमन बास्तोला, दामोदर रेग्मी, कृष्ण पौडेल, सुरेश पौडेल, हरि पौडेल, देवेन्द्र सिंह, तुलसी पौडेल, तेज पौडेल लगायत समाजसेवी तथा अभियन्ताहरूको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रमलाई फेसबुक लाइभमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो, जसले विदेशमा रहेका नेपालीहरूलाई जानकारी हासिल गर्न सहयोग पुर्याएको आयोजकको दाबी छ ।
यसैबीच ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर डा. रेखा हमाल जिसीले नेपाली महिला समुदायलाई शुभकामना व्यक्त गरिन् । कार्यक्रमका सभापति बाबुराम शर्माले नेपाली समुदाय समन्वय समिति अमेरिकाको सामुदायिक भवन खरिद अन्तिम चरणमा प्रवेश गरेको जानकारी दिँदै सहयोगको अपिल गरे ।










६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया