बहिरा फुटबल प्रतियोगीताको उपाधी कोशी प्रदेशलाई

पोखरा।
पोखरामा भएकाे ’प्रदेशस्तरीय राष्ट्रिय बहिरा फुटबल प्रतियोगीता–२०८१’ मा कोशी प्रदेशले उपाधी जितेको छ । सोमबार सम्पन्न फाईनल खेलमा बागमती प्रदेशलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै कोशीले उपाधी जितेको हो । कोशी प्रदेशको टिममा सुनसरी बहिरा फुटबल क्लबका खेलाडीहरु थिए ।
विजेता बनेसँगै कोशीले नगद रु एक लाखका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै द्धित्तीय बनेको बागमतीले ६० हजार नगदसहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगीतामा म्यान अफ दि म्याच कोशी प्रदेशका प्रशान्त बडुवाल घोषित भए । उनले नगद रु ९ हजार ५ सयसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । सर्वोत्कृष्ट गोलकर्ता बिपिन बोहरा बने । उनले नगद रु ७ हजार ५ सयका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
सर्वोत्कृष्ट प्रशिक्षक कोशी प्रदेशका प्रशान्त चौधरी बने । उनले नगद रु ७ हजार पाँच सयसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगीतामा सर्वोत्कृष्ट गोलकिपर बागमतीका निर्मल लामिछाने बने । उनले नगद रु ६ हजार पाँच सय सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
विजेता खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समिति कास्कीका प्रमुख सुनबहादुर लामा र बहिरा फूटबल खेल क्लव पोखरा–१० का अध्यक्ष सूर्यमोहन बरालले पुरस्कार वितरण गरे ।
प्रतियोगीताको समापन समारोहमा प्रमुख अतिथि लामाले बहिरा व्यक्तिहरु पनि अन्य व्यक्ति सरह खेलकुद प्रतियोगीताहरुमा सहभागी भई विजेता बन्न सक्ने भन्दै खुसी व्यक्त गरे । उनले आगामी दिनहरुमा पोखरामा बहिरा फुटबल प्रतियोगीता आयोजना गर्नका लागी सहयोग गर्न आफू तयार रहेको बताए ।
पोखरा रंगशालामा आइतबारदेखि सुरु भएको प्रतियोगीतामा सुदूरपश्चिमबाहेक ६ वटा प्रदेश र गण्डकी प्रदेशबाट ’ए’ र ’बी’ गरि कुल ७ टिमको सहभागीता थियो । बहिरा फूटबल खेल क्लव पोखरा–१० का अध्यक्ष सूर्यमोहन बरालले अब यसखालका प्रतियोगीतालाई पोखरामा मात्र सिमित राख्न नहुने बताए । उनले बहिरा समुदायसँग सम्बन्धीत अन्य संघसंस्थाका प्रतिनिधिलाई अन्य जिल्लामा पनि बहिरा फुटबल आयोजना गर्न प्रोत्साहन गर्दै यसमा बहिरा फुटबल खेल क्लव पोखरा–१० को सहभागीता रहने प्रतिवद्धता जनाए ।
बहिरा फूटबल खेल क्लव पोखरा–१० को आयोजनामा भएको प्रतियोगीतामा मुख्य प्रायोजन पवित्रा निरौला मिरोरस्लाव झापाले गरेको थियो। प्रतियोगीताका लागी यूवा तथा खेलकुद मन्त्रालय गण्डकी, मुख्यमन्त्री कार्यलय गण्डकी, अन्नपुर्ण बहिरा संघ कास्की, सामाजिक बिकास कार्यालय कास्की र पोखरा महानगरका विभिन्न वडाहरुले समेत समन्वत तथा सहयोग गरेको थियो । प्रतियोगीता उद्घाटनअघि आईतवार पोखराको सिर्जनाचोकबाट प्रभातफेरी निकालिएको थियो ।
प्रतियोगीता समापन समारोहमा दोभाषे सहजकर्ताका रुपमा अन्जली विक थिइन् । यसअघि प्रतियोगीता उद्घाटन कार्यक्रममा दोभाषे सहजकर्ताका रुपमा अन्जली विकसहित सुभाष कोईराला थिए ।
प्रतियोगीताका लागी प्रथम ट्रफी सम्पदा अंकित स्पोट्र्सले सौजन्य गरेको थियो भने द्दित्तीय ट्रफी कन्चन प्रीन्टर्स, सर्वोत्कृष्ट खेलाडी, बिजेता प्रशिक्षक, उप बिजेता कोच र रेफ्रीहरुको ट्रफी सुर्य मोहन बराल, उत्कृष्ट गोलकिपर राजु श्रेष्ठ, सर्वोत्कृष्ट गोलकर्ता ज्ञान बहादुर भित्रकोटी, फुटबल जमासिंह गुरुङले उपलब्ध गराएको थियो ।
प्रतियोगीता सम्पन्न गर्न जमासिंह गुरुङको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको थियो। उक्त समितिमा राजु श्रेष्ठ, सुमन गुरुङ, कृष्ण क्षेत्री, यशोदा श्रेष्ठ, सकुन पराजुली, जश्मिन गुरुङ र ज्ञान बहादुर भित्रकोटी रहेका थिए ।कृष्ण थापाले आफ्नो तर्फबाट सबै कोचलाई प्रशंसा पत्र र उत्कृष्ट कोचलाई रु ५ हजार ५०० नगद पुरस्कार प्रदान गरे ।
उनसे आगामी प्रतियोगिता मा ठूलो पुरस्कार प्रायोजन गर्ने घोषणा गर्दा खेलाडीहरु हौसिएका थिए । उनले आफूँ फुटवल क्लवको भूत सदस्य भएको बताउँदै स्रोतका लागि पोखरा भरी चन्दा बटुलेरै कोष लाई सहयोग गर्न कुनै कसर बाँकी नराख्ने बताए । उनले आयोजक अध्यक्ष बराललाई खेलकूद प्रतिभा सम्मान गर्न मन्त्रालयमा कुरा राख्ने बताउँदै प्रतियोगिता बाट ठूलो उपलव्धि भएकोमा खुसी व्यक्त गरे ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया