मारिया स्कुलको अभिभावक दिवस

पोखरा ।
पोखरा ७ मासबारमा रहेको मारिया मन्टेसरी प्रि स्कुल एन्ड चाइल्ड केयर सेन्टरको छैटौं अभिभावक दिवस तथा दीक्षान्त समारोह भएको छ । कार्यक्रममा युकेजीका २२ बालबालिका दीक्षित भए ।
कार्यक्रममा पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्य छोटो समयमै मारिया मन्टेसरी स्थापित शैक्षिक संस्थाका रुपमा प्रस्तुत भएको बताए । उनले भौतिक पूर्वाधार र संरचनाका हिसाबले वडा नं.७ मा मात्र नभएर सिंगो महानगरपालिकाकै उत्कृष्ट मन्टेसरीमा पर्ने जनाए ।
पोखरा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले बाल शिक्षाका लागि विद्यालयलाई सिकाइको थलो बनाउनुपर्नेमा जोड दिए । शिक्षा अधिकृत रामप्रसाद तिवारीले मन्टेसरीले बालबालिकामा निराशा होइन, आशा जगाउँदै प्रतिभा उजागर गर्न उत्प्रेरणा दिनुपर्ने विचार राखे ।
मारियाका अध्यक्ष विष्णुहरि बरालको अध्यक्षतामा भएको कार्यक्रममा मन्टेसरी एसोसियसन कास्की अध्यक्ष भवानी अधिकारी बराल, अभिभावकहरु भोजराज तिवारी र नितु पौडेल, प्राचार्य मिना सपकोटा र शिक्षक चन्दा गुरुङले बोलेका थिए ।







जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया