आर्वामा भलिबल सुरु

पोखरा ।
प्रथम अमलाचौर चापडाँडा भेट्रान्स भलिबल प्रतियोगिता पोखरा–१३, आर्वामा सुरू भएको छ । बिहीबार सुरु भएको प्रतियोगिता चैत २ गतेसम्म चल्नेछ ।
प्रतियोगिताका विजेताले नगद ४० हजार तथा उपविजेताले २५ हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा १० टिम सहभागी रहेको आयोजक समिति संयोजक रामप्रसाद बरालले जानकारी दिए ।
प्रतियोगितामा बेस्ट प्लेयर, बेस्ट डिफेन्स, बेस्ट स्पाइकर तथा बेस्ट सेटरलाई पनि नगद, सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । अमरज्योति आधारभूत विद्यालय पोखरा १३ आर्वाको खेलमैदानमा सञ्चालित प्रतियोगितामा वडा नम्बर १३ लगायत छिमेकी वडा तथा गाउँपालिकाबाट खेलाडीले सहभागिता जनाएको खेल संयोजक अमृत परियारले बताए ।
टोल विकास संस्थासहित स्थानीय भलिबल खेलाडीको संयुक्त पहलमा यस प्रकारको भलिबल प्रतियोगिता आर्वामा पहिलो पटक आयोजना गरिएको हो । प्रतियोगिताबाट पुराना भलिबल खेलाडीलाई सम्मान तथा नयाँ पुस्तालाई खेलप्रति उत्साह र आकर्षण जगाउने उद्देश्यले लिइएको खेल संयोजक श्रीराम अधिकारी बताउँछन् ।
प्रतियोगिताबाट भएको बचत रकम स्थानीय क्षेत्रको शिक्षा, स्वास्थ्य तथा खेलकुदका क्षेत्रमा खर्च गरिने आर्थिक संयोजक लक्ष्मण बरालले बताए । बिहीबार पोखरा महानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष किरण बरालले प्रतियोगिता उद्घाटन गरेका छन् । अध्यक्ष बरालले यस प्रकारको खेल स्थानीय स्तरबाट आयोजना हुनु खुसीको कुरा भएको बताए ।
उनले वडाबाट आगामी वर्षमा प्रतियोगितालाई आर्थिक सहयोग गर्ने वचन दिँदै उनले खेलकुद प्रतियोगितालाई निरन्तरता दिन आग्रह गरे ।
अमलाचौर चापडाँडा टोल विकाु संस्थाका अध्यक्ष ईन्द्रप्रसाद बरालको अध्यक्षतामा भएकोसमारोहमा पत्रकार श्रीराम सिग्देल, भूतपूर्व भलिबल खेलाडी दोजराज बराल, अमरज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक बिमलबहादुर बराल, सूर्योदय आमा समूहकी अध्यक्ष तारादेवी बराल, नमुना प्रांगारिक कृषि सहकारीका अध्यक्ष टेकनाथ बराल, नागेश्वर महादेव मन्दिर व्यस्थापन समिति अध्यक्ष विष्णुप्रसाद बराल, नवदुर्गा युवा क्लबका अध्यक्ष मनोज बराल, आशीर्वाद क्लबका संस्थापक अध्यक्ष बिक्रम बराल, कार्यक्रम संयोजक देबेन्द्र बराल लगायतले बोलेका थिए । कार्यक्रममा गायक जेनिश क्षेत्रीले गीतमार्फत् मनोरञ्जन दिलाए ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया