पोखरा कप पुरूष राष्ट्रिय ह्याण्डबलमा ७ टिम भिड्दै

पोखरा । प्रथम पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगितामा ७ टिम भिड्ने पक्का भएको छ ।
गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवर्द्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता आज (आइतबार)बाट सुरू हुँदैछ ।
करिव तीन वर्षको अन्तरालमा राष्ट्रियतस्तरको ह्याण्डबल प्रतियोगता हुन लागेको हो ।
प्रतियोगितामा आयोजक गण्डकीसहित कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश र दुई विभागिय टोली नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरीको नेपाल एपिएफ क्लब भिड्ने भएका छन् ।
आयोजक प्रदेश ह्याण्डबल संघकी उपाध्यक्ष शान्ति थापा बैद्यका अनुसार प्रतियोगिता बिहान ९ बजे पोखरा रंगशालास्थित बहुउद्धेश्यीय रंगशालामा सुरू हुनेछ । लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता पहिलो दिन चार खेल हुने छन् । पहिलो दिन साढे २ बजे आयोजक र गण्डकीका बीच उद्घाटन खेल हुनेछ ।
प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले उद्घाटन गर्ने तय भएको ह्याण्डबल संघका उपाध्यक्ष गिरमान गुरूङले जानकारी दिए ।
प्रतियोगितामा पोखरा ह्याण्डबल कप उपाधि बिजेता टिमले नगद रु १ लाख, उपविजेताले नगद ५० हजार र तेस्रो हुने टिमले नगद रु ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद ५–५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगिता सम्पन्न गर्न करिव १४ लाख खर्च हुने गण्डकी प्रदेश ह्याण्डबल संघले जनाएको छ ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया