सहारा स्कुललाई सहयोग

पोखरा ।
सहारा क्लब युकेका संस्थापक अध्यक्ष नवीन गुरुङले पोखरा ९ बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा सहयोग हस्तान्तरण गरेका छन् । विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले स्वागतका क्रममा विद्यालयको स्थापना, सहारा क्लबसँगको सहकार्य हुँदै १७ वर्ष अघि जीवन गुरुङसहित सिमोन फेरेजका स्मृतिबारे प्रकाश पारिन् ।
विद्यालयका प्रधानाध्यापक अधिकारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीलाई उक्त क्रममा आफ्नो ९१ वर्षीय आमा कमलादेवी गुरुङ र बहिनी सुजिता शाहीद्वारा प्रदान गरिएको नगद रकम २१ हजार रुपैयाँ गुरुङले हस्तान्तरण गरेका हुन् ।
१७ वर्षअगाडि विद्यालयमा आउँदा र वर्तमान अवस्थामा विद्यालयमा देखेको परिवर्तनप्रति खुसी व्यक्त गर्दै उनले विद्यालयमा आगामी दिनमा पनि विद्यालयमा सहकार्य गर्न उत्सुक रहेको सुनाए ।
कार्यक्रममा पोखरा मनपा वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले विदेशमा बसोबास गरेर पनि आफ्नो देशप्रति स्नेह, मया प्रदान गर्ने दाताहरुलाई धन्यवाद दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थकालीले नवीनले सहारा क्लब युके स्थापनामा गरेको पहल, सहारा एकेडेमी स्थापनामा पुर्याएको योगदानलाई स्मरण गर्दै अहिले आफूले नेतृत्व गरेको विद्यालयलाई माया गरेर सहयोग गरेकोमा आभार व्यक्त गरे ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया