अबाकसमा अल्फा एकेडेमी च्याम्पियन

पोखरा ।
पोखरा १० बुद्धचोकमा रहेको माइन्ड टेक पोखराले शुक्रबार दोस्रो अन्तर विद्यालय अबाकस च्याम्पियनसीप २०८१को आयोजना गरेको छ । विभिन्न २० विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा अल्फा एकेडेमी च्याम्पियन बनेको छ ।
प्रतियोगितामा करुणानिधि एजुकेशन फाउण्डेशन (केफ) माध्यमिक विद्यालय फस्ट रनरअप बनेको छ । डाइमण्ड माध्यमिक विद्यालय सेकेण्ड रनअप भएको छ । विजेता विद्यालयलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको माइन्ड टेकका प्रबन्ध निर्देशक राम क्षत्रीले जानकारी दिए । प्रतियोगिताका विजेता विद्यार्थीलाई पदक तथा प्रमाणपत्र वितरण गरिएको छ । प्रतियोगितामा मुख्य प्रशिक्षक गौतम चौधरी लगायत १४ जना मुल्यांकनकर्ता थिए ।
पोखरा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले प्रतियोगिताको उद्घाटन गरे । कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) कास्कीका अध्यक्ष षडानन्द गौतमले हिसाब किताबको लागि अबाकस मानव मस्तिष्कको उपज प्रविधि भएको बताए । मानिशको दिमागलाई चलायमान बनाउने प्रविधिले गणितलाई सहज र सरलीकृत गर्न सहयोग पुगेको उनले उल्लेख गरे ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) नेपाल कास्कीका अध्यक्ष दिवकार जैसीले अबाकस प्रविधिले विद्यार्थीको स्मरण शक्ति बढाएर तत्काल जवाफ दिन सक्ने बनाएको प्रतिक्रिया दिए । उनले दिमागको प्रयोग नगरी सञ्चार प्रविधिमा निर्भर रहने परिपाटी बढेको अवस्थामा अबाकसले विद्यार्थीको स्मरण शक्ति बढाएर गणित विषयमा प्रखर बनाएको बताए ।
कार्यक्रममा राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (एन प्याब्सन) कास्कीका सल्लाहकार हेमन्त अधिकारी, न्युएरा एकेडेमीका प्रिन्सिपल वेदप्रसाद बस्ताकोटी, ओएसिस माविका प्रिन्सिपल हेम रानाभाट, अर्लिबड्स मन्टेश्वरीका प्रिन्सिपल राधा गौतम, माइन्ड टेक पोखराका प्रशिक्षक सञ्जय न्यौपाने (प्राञ्जल) लगायतले प्रतियोगिताको बारेमा बोलेका थिए ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया