ह्यान्डबलको लिग चरण

पोखरा ।
प्रथम पोखरा कप राष्ट्रिय पुरुष ह्यान्डबल प्रतियोगितामा लिग चरणका खेल सकिएका छन् । गण्डकी प्रदेश ह्यान्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा कास्की जिल्ला ह्यान्डबल संघको प्राविधिक सहयोगमा जारी राष्ट्रिय ह्यान्डबल प्रतियोगिताको दोस्रो दिन लिग चरणका खेल सकिएका हुन् ।
सोमबार भएको समूह ‘बी’ तर्फको भएको विभागीय डर्बीमा त्रिभुवन आर्मीले जित हाँसिल गरेको छ । आर्मीले अर्को विभागीय टोली एपिएफलाई १९–१४ को अन्तरले पाखा लगायो । आर्मीको जितमा आकाश अधिकारीले सर्वाधिक ५ गोल गरे । समूह ‘ए’तर्फ कोशी र कर्णाली प्रदेशले एक–एक अंक बाडेका छन् । खेल २०–२० गोलको बराबरीमा रोकिएपछि उनीहरुले अंक बाडेका हुन् ।
समूह ‘बि’ तर्फ आर्मीले लुम्बिनीलाई ३७–२१ ले हराउँदै ६ अंकका साथ शीर्षस्थानमा रहँदै सेमीफाइनलमा प्रवेश गरेको छ । आर्मीका सुरेश महतोले सर्वाधिक ९ गोल गरे । सो समूहबाट एपिएफ उपविजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको छ । एपिएफले आइतबार लुम्बिनी प्रदेशलाई हराएको थियो । एपिएफको ३ अंक रहँदा लुम्बनी अंकविहीन हुँदै बाहिरियो ।
समूह ‘ए’ तर्फकै अर्को खेलमा कर्णालीले सुदुर पश्चिमलाई ३७–२७ गोलले हरायो । कर्णालीको जितमा महेश थापाले ११ गोल गरे । समूह ‘ए’ बाट गण्डकी शीर्षस्थानमा रहँदै सेमीफाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा गण्डकीले कोशीलाई ३७–२५ ले हराए पनि कोशीले सेमीफाइनलमा स्थान बनाएको छ ।
३ खेल खेलेको गण्डकीको विजेता बन्दै कुल ९ अंक रह्यो । सोही समूहबाट कोशी र कर्णालीको समान चार/चार अंक रहे पनि गोलअन्तरको आधारमा कोशी अन्तिम चारमा प्रवेश गरेको हो । कोशीले कर्णाली भन्दा ३ गोल कम खाएको थियो ।
अब सेमीफाइनलमा घरेलु टोली गण्डकीले एपिएफको सामना गर्ने छ भने आर्मीले कोशीको । प्रतियोगिताको उपाधि भिडन्तसमेत मंगलबार नै हुनेछ । प्रतियोगितामा आयोजक गण्डकीसहित कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरु पश्चिम प्रदेश र दुई विभागीय टोलीे त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबको सहभागिता छ ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद १ लाख, उपविजेताले नगद ५० हजार र तेस्रो हुने टिमले नगद ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही नगद ५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया