आर्मीलाई ह्यान्डबल उपाधि

पोखरा ।
पोखरामा भएको पोखरा कप राष्ट्रिय ह्यान्डबलको उपाधि त्रिभुवन आर्मी क्लबले चुमेको छ । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिताको फाइनलमा घरेलु टोली गण्डकीलाई ३७–३२ ले हराउँदै आर्मी च्याम्पियन भएको हो ।
प्रतिस्पर्धात्मक बनेको फाइनलमा गण्डकीले बिचमा अग्रता जोगाउन नसक्दा हार व्यहोर्न बाध्य भएको हो । एक समय २७–२५ को अग्रतामा रहेकोे गण्डकीले लय गुमाउँदा आर्मीले डिफेन्स लाइनलाई बलियो बनाउँदै खेलेपछि विजेता बन्न सफल भयो । आर्मीका लागि निर्मलबाबु श्रेष्ठले सर्वाधिक १६ गोलको योगदान दिए । उपाधिसँगै आर्मीले नगद १ लाख रुपैयाँ हात पारेको छ । उपविजेता गण्डकीले ५० हजार रुपैयाँ प्राप्त गर्यो ।
एपिएफ क्लब तेस्रो हुँदै ३० हजार रुपैया प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीका निर्मलबाबु श्रेष्ठ घोषित भए । यस्तै उत्कृष्ट गोलरक्षक गण्डकीका विशाल नेपाली घोषित भए । प्रतियोगितामा एपिएफका दीपेन्द्र बुढाथोकी उच्च गोलकर्ता घोषित भए । उनले प्रतियोगिता अवधिभर कुल ५३ गोल गरे । विधागत उत्कृष्ट तिनै जनाले समान पाँच हजार रुपैयाँसँगै ट्रफी हात पारे ।
कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिकर्मीले खेलकुदबाट धेरै कुरा सिक्न आवश्यक रहेको बताए । खेलाडीले हरेक परिस्थितिमा कसरी खेल्ने र कस्तो खेल्ने भन्ने कुराको प्रदर्शनीसँगै धैर्य राख्ने हुँदा हरेक नेताले उनीहरुबाट ती कुराहरु सिके राजनीति र देश विकासका लागि नयाँपन दिन सक्ने उनको भनाइ छ ।
मंगलबार नैसेमिफाइनल तथा तेस्रो स्थानका खेल भएका थिए । पहिलो सेमीफाइनलमा गण्डकीले एपीएफलाई ४०–३३ र आर्मीले कोशीलाई ५५–३२ ले हराउँदै फाइनल प्रवेश गरेको थिए । तेस्रो स्थानको खेलमा एपिएफले कोशीलाई ५५–२३ ले हराएको थियो । ३ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा आयोजक गण्डकीसहित कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूर पश्चिम प्रदेश र १ विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबको सहभागिता छ ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया