माछापुच्छ्रेमा टेबुलटेनिस संघ

पोखरा । गण्डकी प्रदेश तथा कास्की जिल्ला टेबुलटेनिस संघको सक्रियतामा माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा बिहीबार भएको भेलाले युवराज अधिकारीको अध्यक्षतामा १३ सदस्यीय माछापुच्छ्रे गाउँपालिका टेबुलटेनिस संघ गठन गरेको छ।
संघको उपाध्यक्षमा सविता अधिकारी, सचिव सुजन नेपाली, कोषाध्यक्ष गंगा गौतम अधिकारी र सहसचिवमा दीपेन्द्र नेपाली छन् । सदस्यमा खुसीराम नेपाली, विमल शाही, हेमन्तबहादुर शाही, सुजन घर्तिमगर, पुरन गुरुङ, राजु सार्की, साजन अधिकारी र शिला विक चुनिए ।
कार्यक्रममा गण्डकी प्रदेश टेबुलटेनिस संघका अध्यक्ष उत्तम जोशीले ग्रामीण भेगमा रहेका युवालाई खेलकुदमा आवद्ध गराउन राज्यले उचित व्यवस्था गर्न आवश्यक रहेको जनाए । खेलकुदप्रति युवालाई उत्साहित गराई खेलाडी उत्पादनमा गाउँपालिकाहरुको भूमिका महत्वपूर्ण रहेकाले पालिका स्तरमा खेलकुद संघ स्थापना गर्न पहल गर्नुपर्ने उनको भनाइ छ ।
सो अवसरमा गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष मधुसुधन अधिकारी, कास्की जिल्ला टेबुलटेनिस संघका अध्यक्ष गौतमराज लामा, गण्डकी प्रदेश टेबुलटेनिस संघका सचिव अनुष कुँवर, निमित्त सचिव कृष्ण रानाभाट, सदस्यहरु दीपकराज गिरी र प्रकाश वाग्ले, नवनिर्वाचित अध्यक्ष युवराज अधिकारी लगायतले बोलेका थिए । माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समिति संयोजक हुमबहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया