राष्ट्रिय भेट्रान्स फुटबल २७ गतेबाट

पोखरा । पोखरामा ‘राष्ट्रिय ८ ए साइड भेट्रान्स फुटबल’ प्रतियोगिता हुने भएको छ । अमरसिंह ब्वाइज (एबिसी) को आयोजनामा ४५ वर्षमाथिको भेट्रान्स फुलबल प्रतियोगिता हुन लागेको हो ।
चैत २७ गतेदेखि पोखरा रंगशालाको बि खेल मैदानमा हुने तेस्रो संस्करणको फुटबल प्रतियोगितामा देशभरबाट १४ टिमले सहभागी जनाउने आयोजकले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
प्रतियोगितामा ढोलाहिटी काठमाडौं, हेटौडा, बुटवल, चितवन, सिमरा, वीरगञ्ज ,रवि काठमाडौ, प्रदीप, अजब काठमाडौं, संगम, बगर भाइखलक, वारियर र आयोजक एबिसी सहित १२ टिमले सहभागिता जनाउने पक्का भएको क्लब अध्यक्ष राजेश गुरुङले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५५ हजार ५ सय ५५, द्वितीय हुने टिमले ७७ हजार ७ सय ७७ नगद र मेडल, ट्रफी र प्रमाण–पत्र पाउने छन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई १० हजार नगदसहित पुरस्कृत गरिनेछ । चैत ३० गतेसम्म चल्ने प्रतियोगिता गर्न १४ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिताका सुरक्षा संयोजक दीपक थापाले बताए ।









पोखराबेशी बहुद्देश्यीय सहकारीको निक्षेप ५ करोड
थकाली सेवा समितिको केन्द्रिय अध्यक्षमा शान्ति तुलाचन
फूलबारी मन्टेसरी २७ वर्षमा
सरल छविका थिए प्रशान्त तामाङ
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया