प्रोग्रेसिभ शिक्षा मोडलका साथ तेर्सापट्र्टीमा पोखरामा खुल्यो एभरग्रिन एकेडेमी

पोखरा । तेर्सापट्र्टीमा पहिला कल्पना सिनेमा हल रहेको ठाउँमा एभरग्रिन एकेडेमी स्थापना भएको छ । आउँदो शैक्षिक सत्रदेखि टोडलरदेखि कक्षा ५ सम्मको पढाइ सुरु हुने भएको छ ।
पालिखेचोकमा चलिरहेको प्रतिभा माविकै सञ्चालक संस्था प्रतिभा एजुकेसन फाउन्डेसनले एभरग्रिन एकेडेमी स्थापना गरी सञ्चालनमा ल्याउन लागेको हो ।
नवीनतम प्रविधिमा आधारित नयाँ शैक्षिक संस्था एकेडेमी स्थापना भएको हो । संस्थाले विद्यार्थीलाई सिर्जनात्मक, व्यावहारिक तथा आधुनिक शिक्षा प्रदान गर्ने उद्देश्य राखेको फाउन्डेसनका अध्यक्ष नारायण पौडेलले बताए ।
फाउन्डेसनका सदस्य सचिव किरण सापकोटाले एभरग्रिन एकेडेमीको मुख्य लक्ष्य विद्यार्थीलाई आधुनिक शिक्षा प्रणालीअनुसार तयार पार्नु रहेको जानकारी गराए । विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित (स्टिम) प्रणालीमा आधारित शिक्षाका साथै जीवनोपयोगी सीप, अनुसन्धान तथा सिर्जनात्मक अभिव्यक्तिलाई प्रोत्साहित गरिने उनले सुनाए ।
विद्यालयको शिक्षण पद्धति विद्यार्थी केन्द्रित हुने जनाइएको छ । ‘पाठ्यक्रम केवल पाठ्यपुस्तकमा सीमित रहने छैन र विद्यार्थीको जिज्ञासा तथा अन्वेषण क्षमतालाई प्रवद्र्धन गर्ने खालको हुनेछ,’ निर्देशक सापकोटाले भने ।
विद्यालयमा स्मार्ट कक्षा, डिजिटल उपकरण, सूचना प्रविधिको प्रयोग तथा परियोजना आधारित शिक्षण पद्धति अपनाइने जनाइएको छ । ‘हामी विद्यार्थीलाई सिकाइका क्रममा नवीनतम प्रविधिको प्रयोगमार्फत सक्षम बनाउनेछौं,’ सापकोटाले भने, ‘विद्यार्थीको ज्ञानलाई कक्षाकोठामा मात्र सीमित नराखी व्यावहारिक शिक्षासँग जोड्ने नीति अवलम्बन गरिनेछ ।
विभिन्न सामाजिक गतिविधि तथा कार्यशालामार्फत विद्यार्थीको नेतृत्व विकास, टीमवर्क तथा सहकार्य क्षमतामा वृद्धि गराइनेछ ।’ विद्यालयका अध्यक्ष नारायण पौडेलले आफूहरुको लक्ष्य केवल परीक्षामा अंक ल्याउने विद्यार्थी उत्पादन गर्नु मात्र नभई उनीहरूलाई जीवनका विभिन्न पक्षमा सक्षम बनाउनु रहेको बताए । ‘प्रत्येक विद्यार्थी फरक–फरक हुन्छन्, त्यसैले उनीहरूको प्रतिभा पहिचान गरी सोहीअनुसार सिकाइ प्रविधि अपनाइनेछ,’ पौडेलले थपे ।
प्रत्येक कक्षामा २४ जनासम्म विद्यार्थी भर्ना गरिनेछ । विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न कक्षाकोठाको संख्यालाई सीमित राखिएको विद्यालयले जनाएको छ ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया