पोखरामा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता हुने

पोखरा ।
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम नेपालले पोखरामा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । प्रतियोगिता आगामी बैशाख १८ देखि २२ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ ।
प्रतियोगितामा विदेशीसहित कुल ६ टिमको सहभागिता रहने डिष्ट्रिक्ट गर्भनर लायन चण्डीप्रसाद अर्यालले जानकारी दिए ।
गण्डकी प्रदेश भलिबल संघ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, र पाकिस्तान भलिबल क्लब इस्लामावादको सहभागिता रहने बताउदै इरान र भारतको टिमको सहभागिता रहने छ । नेपाल र पाकिस्तान गरी ५ वटा टिमको फाइनल भइसकेको उनले बताए ।
प्रतियोगिताको विजेता टोलीले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ, उपविजेताले २ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ, सान्त्वना हुने समूहले १ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ र शिल्ड, मेडल तथा ट्रफी प्राप्त गर्नेछन् ।
प्रतियोगिताको लिगचरणका खेलका लागि प्रवेश शुल्क ३ सय रुपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया