पोखरा कलेजमा कार्यशाला

पोखरा ।
पोखरा कलेज अफ म्यानेजमेन्टले ‘शिक्षण र सिकाइ : चुनौती र रणनीति’ विषयमा एक दिवसीय कार्यशाला आयोजना गरेको छ ।
कार्यशालामा शिक्षक, विद्यार्थी गरी ४० जना सहभागी थिए । कार्यशालामा कलेजकी प्रिन्सिपल लीना नेगी श्रेष्ठले यस्तो कार्यक्रमले शिक्षकलाई सशक्त बनाउने र विद्यार्थी केन्द्रित शिक्षण विधिबाट गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरिन् ।
कार्यशालामा प्रशिक्षक दीपेन्द्र पहारीले सहजीकरण गरे । उनले विविध सिकाइ शैली र विद्यार्थी संलग्नता, प्रविधि समायोजन र डिजिटल उपकरणहरू प्रयोग, मूल्याङ्कनका कठिनाइ तथा शिक्षकको कार्यभार र पेशागत विकास जस्ता समसामयिक शैक्षिक चुनौतीमाथि प्रस्तुति गरे ।
बिसिएसआइटी संयोजक हरि बरालले यस्ता कार्यशालाले शिक्षण विधिमा नवीन सोच र अभ्यासको विकास हुने उल्लेख गरे । कार्यक्रमको सञ्चालन बिबिए संयोजक सरोज कुँवरले गरेका थिए ।
पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त पोखरा कलेज अफ म्यानेजमेन्ट सन् २००२ मा स्थापना भएको हो । कलेजले ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन इन फाइनान्स तथा ब्याचलर इन कम्प्युटर सिस्टम एन्ड इन्फरमेसन टेक्नोलोजी कार्यक्रम चलाएको छ ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया