केपी ओली कप : गण्डकी हिरोज र हिमालयनको जित

पोखरा ।
पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी २० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीले आ–आफ्नो खेलमा जित हाँसिल गरेका छन् । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको चौथो दिन समूह ‘बी’ तर्फका २ खेल भए ।
मंगलबारको पहिलो खेलमा हिमालयन क्रिकेट एकेडेमीले गे्रट हिमालयन क्रिकेट एकेडेमीमाथि २ विकेटको जित हाँसिल गरेको छ । १ सय ६३ रनको विजयी लक्ष्य पाएको हिमालयन क्रिकेट एकेडमीले १९.२ ओभरमा ८ विकेट गुमाउँदै १ सय ६७ रन बनाउँदै जित हासिल गर्यो । हिमालयनका ओपनर दीपक बोहोरा ‘बी’ ले ३३ रनको योगदान दिँदै क्याच आउट भए । उनले २९ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
दीपक बोहोरा १ रनमा क्याच आउट भए । खडक बोहोरा १९ मा क्याचआउट र प्रतिश जिसी १० रनमा बोल्ड भए । हिमाल दुल्याल ५ र अभिषेक बुढायर ९ रनमा आउट भए । सोनु देवकोटा ३६ रनमा नटआउट रहे । उनले २१ बलमा १ चौका र ३ छक्का प्रहार गरे । दिपेश विष्ट शून्यमै पेभिलियन फर्किए ।
प्रकाश जैसी १४ रनमा आउट हुँदा दीपक चन्द २७ रनमा नटआउट रहे । उनले १० बलमा १ चौका र ३ छक्का प्रहार गरे । ग्रेट हिमालयका लागि सन्दिप पराजुली, किरण बुढायर र इशान पाण्डेले समान २ तथा चन्द्रकान्त पौडेल र रुपेश कुमार श्रीवास्तवले १/१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । अभिषेक थापा ४२ रनमा नट आउट रहे । उनले ३४ बलमा ४ चौका र १ छक्का प्रहार गरे । किरण बुढामगर १ रनमा नट आउट रहे । ओपनर इशान पाण्डे १४ रनमा क्याच आउट भए । कृष कार्की १६ रनमा क्याट आउट भए । दिपेश बुढा मगर शून्यमै पेभेलियन फर्किए ।
अशोक पौडेल ३७ रन बनाउदै क्याच आउट भए । उनले २६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । दीपक केवत १३ रनमा क्याच आउट भए । रुपेश कुमार श्रीवास्तव ८ रनमा क्याच आउट भए भने चन्द्रकान्त पौडेल ६ रनमा बोल्ड भए । सन्दीप पराजुली शून्यमा पेभेलियन फर्किए ।
हिमालय क्रिकेट एकेडेमीका लागि प्रतिश जिसी, प्रकाश जैशी, दीपक बोहोरा र सुवास खत्रीले समान २ विकेट लिए भने दीपक चन्दले १ विकेट लिए । उक्त खेलको प्लेयर अफ दी म्याच हिमालयनका दीपक चन्द घोषित भए ।
दोस्रो खेलमा गण्डकी हिरोजले चितवन क्रिकेट क्लबमाथि ४ विकेटको जित हासिल गरेको छ । १ सय ३६ रनको विजयी लक्ष्य पाएको गण्डकी हिरोजले १३.३ ओभरमा ६ विकेट गुमाउँदै १ सय ३९ रनका साथ लक्ष्य भेट्टायो । गण्डकीले उत्कृष्ट सुरुवात गरेको थियो । ओपनर सक्वि हुकले ४२ रनको योगदान दिदै क्याच आउट भए । उनले २० बलमा ६ चौका र २ छक्का प्रहार गरे ।
अर्जुन कुमालले ३७ रनको योगदान दिदैँ बोल्ड आउट भए । उनले २० बलमा ७ चौका प्रहार गरे । दीपक डुम्रे १८ रनमा बोल्ड भए । सुजन थपलिया शून्यमा एल्बी डब्लु आउट भए । वसन्त कार्की ९, अमिर गुरुङ ६ रनमा आउट भए । मिलन बोहोरा ५ र सुदीप अर्याल १ रनमा नटआउट रहे ।
चितवनका लागि दिपेश श्रेष्ठले सर्वाधिक ३ विकेट लिए पनि टोलीलाई जित दिलाउन भने सकेनन् । उनले ३ ओभरमा २५ रन खर्चेर ३ विकेट लिएका हुन् । यस्तै, किरण गुरुङ, कमल परियार र प्रतीक श्रेष्ठले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको चितवन क्रिकेट क्लबले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३५ रन बनायो । ओपनर आसुतोस घिराया १६ रनमा रनआउट भए । गोविन्द विक १२ रनमा रनआउट भए । विवेश रानामगर १६ रनमा क्याच आउट भए । प्रतीक श्रेष्ठले ३९ रन बनाउँदै क्याचआउट भए । उनले २७ बलमा ३ चौका र २ छक्का प्रहार गरे । गौतम केसी १२ रनमा एलबी डब्लु आउट भए । दिपेश श्रेष्ठ २ रनमा क्याच आउट भए ।
कमल परियार ५ रनमा क्याच आउट भए । रिजन काफ्ले ३ रनमा आउट भए भने क्रिजन गुरुङ ३ रनमा रनआउट भए । सुर्यान्सु कोइराला १७ र नरेश प्रधान शून्यमा नटआउट रहे । सुर्यान्सुले १० बलमा २ चौका र १ छक्का प्रहार गरे । गण्डकी हिरोजका लागि सुदीप अर्यालले २ तथा विपिन खत्री, कृष्ण पोडेल, नारायण जोशी, मिलन बोहोराले समान १ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच गण्डकी हिरोजका सक्वी हुक बने ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया