खेलाडी अक्षयकोषमा ३१ बढी लाख बढी संकलन
कास्की ।
अग्रज खेलाडीहरुको संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च पोखराले स्थानीय तहबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले सुरु गरेको खेलाडी अक्षयकोषमा हालसम्म रु ३१ लाख ५४ हजार २५६ संकलन भएको छ ।
मञ्चले पोखरा म्याराथनको प्रवर्द्धन, मासिक तथा साप्ताहिक दौड प्रतियोगिता सञ्चालन र गाउँगाउँमा लुकेर रहेका खेलाडीको पहिचान गरी प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले गत माघदेखि कोष स्थापना अभियान सुरुआत भएको हो ।
अक्षयकोषमा देश तथा विदेशमा छरिएर रहेका मञ्चका आजीवन सदस्य र दिवंगत आजीवन सदस्यका परिवारहरूबाट आफ्ना स्वजनको स्मृतिमा रकम प्रदान गर्ने गरिएको मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले बताए ।
उहाँका अनुसार मञ्चले यसै वर्ष अक्षयकोषमा रु दुई करोडको पुर्याउने योजना बनाएको छ । अध्यक्ष गुरुङले भने, “यो अक्षयकोष केवल रकम सङ्कलनका लागि मात्र होइन, यसमा एथलेटिक्स खेलको विकासका लागि युवा खेलाडी उत्पादनसँगै मञ्चले सुरु गरेको साप्ताहिकरमासिक दौड र पोखरा अन्तरराष्ट्रिय म्याराथनका लागि हो ।”
यसैगरी गत फागुन ३ गते पोखरामा सम्पन्न भएको १९औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय म्याराथनमा रु १२ लाख २९ हजार ५११ बचत भएको छ । मञ्चका कोषाध्यक्ष हरिबहादुर बरुवालले आम्दानी रु ९३ लाख ७० हजार ६८९ तथा खर्च रु ८१ लाख ४१ हजार १७७ भएको जानकारी दिए ।
पोखरा अन्तरराष्ट्रिय म्याराथनमा बचत भएको सो रकम हालसम्मकै सर्वाधिक हो । कुनै बेला आर्थिक अभावका कारणका तीन–तीनपटक स्थगन पोखरा म्याराथनले कोभिडपछिका तीन वर्ष घाटासमेत व्यहोरेको जनाइएको छ ।
यसैगरी २०औँ सस्कणको पोखरा अन्तरराष्ट्रिय म्याराथन आगामी फागुन २ गते आयोजना हुने मञ्चले जानकारी दिएको छ । मञ्चले २०औँ सस्करणको लागि खेलाडी दर्ता प्रक्रिया सुरु गरेको जनाएको छ ।









माधव वियोगीलाई ‘कविशिरोमणि लेखनाथ पुरस्कार’
पोखराबेशी बहुद्देश्यीय सहकारीको निक्षेप ५ करोड
थकाली सेवा समितिको केन्द्रिय अध्यक्षमा शान्ति तुलाचन
फूलबारी मन्टेसरी २७ वर्षमा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया