राष्ट्रिय एथलेटिक्स भोलिबाट

पोखरा ।
जिल्ला एथलेटिक्स संघ कास्कीले प्रथम राष्ट्रिय खुला एथलेटिक्स प्रतियोगिता २०८१ गर्न लागेको छ । चैत २९ र ३० गते गण्डकी प्रदेशको इतिहासमा पहिलो पल्ट प्रतियोगिता गर्न लागेको एथलेटिक्स संघ कास्की अध्यक्ष गजबहादुर गुरुङले जानकारी दिए ।
नेपालमा जिल्ला तहले पहिलो पटक राष्ट्रिय स्तरको व्यवसायिक प्रतियोगिताको आयोजना गरेको एथलेटिक्स संघ कास्कीका सचिव सिद्वान्त अधिकारी बताए । जिल्ला एथलेटिक्स संघ कास्की गण्डकी प्रदेश खेलकुद ऐन अन्तर्गत दर्ता भएको संस्था हो ।
‘कर्णाली प्रदेशमा हुन लागेको दशौं राष्ट्रिय प्रतियोगितामा जिल्ला हुँदै प्रदेशका खेलाडीलाई पदक दिलाउन योग्य बनाउन प्रतियोगिता गर्न लागेको हो,’ उनले भने, ‘गण्डकीका खेलाडीले राष्ट्रिय स्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्दा खेलको लेबल परीक्षण गर्न पाउने छन् ।’ उनले देश भरका एथलेटिक्स खेलाडीले आफ्नो खेल कौशलता प्रदर्शन गर्दै खेलको अनुभव र मनोवल उच्च बनाउने लक्ष्य लिएको जनाए ।
आयोजकका अनुसार प्रतियोगिताले भारतको राँचीमा आयोजना हुने ‘साउथ एसियन च्याम्पियनसिप’का लागि समेत छनोट खेलका रुपमा मान्यता पाएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितापछि पोखरामा करिब तीन वर्षपछि प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा विभिन्न ट्रयाक एन्ड फिल्डतर्फ १२ विद्यामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता अन्तर्गत पुरुष र महिला दुबै इभेन्टतर्फ १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, १ हजार ५ सय मिटर र ४ हजार १ सय रिले रेस हुने सचिव अधिकारीले बताए । प्रतियोगितामा फिल्डतर्फ लङजम्प, ट्रिपल जम्प, सटपुट, जाभलिनथ्रोका प्रतिस्पर्धा हुनेछन् । प्रतियोगिता अन्तर्गत कास्की जिल्लाका विद्यालय स्तरीय १ सय मिटर दौड छन् ।
प्रतियोगितामा विजेताहरुले नगद ५, ३ र २ हजारका साथमा मेडल तथा ट्रफी पाउने छन् । उत्कृष्ट १ महिला तथा १ पुरुष खेलाडीलाई नगद जनही १० हजार प्रदान गरिने सचिव अधिकारीले जनाए । प्रतियोगिता गर्न१० लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा सार्क स्तरको खेलमा विजेता, विभागीयसहित महिला र पुरुष गरी २ सय ४० जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय तथा नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो । गण्डकी प्रदेशका ११ जिल्लाका खेलाडीको अलवा देशभरका एथलेटिक्स खेलाडीको सहभागिता रहने अध्यक्ष गुरुङले बताए ।
स्वर्ण, रजत र कास्य पदकका लागि प्रतिस्पर्धा हुने प्रतियोगितामा देशभरका विभागीय टिमहरु नेपाली सेनाको आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, सुदुरपश्चिम प्रदेश, लुम्बिनी, कर्णाली, कोशी प्रदेशलगायत देशभरकै निर्णायक, प्रशिक्षक, संघीय तथा प्रदेश एथलेटिक्स संघका प्रतिनिधि, प्राविधिक टिम लगायतको सहभागिता हुने अध्यक्ष गुरुङले जनाए ।
विस २०७९ मा पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितासम्म गण्डकीका एथलेटिक्स खेलाडीले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । प्रतियोगिताको एथलेटिक्समा गण्डकीका खेलाडीले १ स्वर्ण, १ रजत र २ कास्य पदक जितेका थिए । म्याराथनमा स्वर्ण, महिला ४ हजार १ सय मिटर रिलेमा रजत र पुरुषतर्फको लमजङमा गण्डकीका खेलाडीले कास्य पदक पाएका थिए ।









पोखराबेशी बहुद्देश्यीय सहकारीको निक्षेप ५ करोड
थकाली सेवा समितिको केन्द्रिय अध्यक्षमा शान्ति तुलाचन
फूलबारी मन्टेसरी २७ वर्षमा
सरल छविका थिए प्रशान्त तामाङ
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया