अन्तर विद्यालय छात्रा टि २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि भद्रकाली र वाराही भिड्ने

समाधान संवाददाता २०८१ चैत २७ गते १८:३२

पोखरा । पोखरा महानगरपालिका अन्तर विद्यालय छात्रा टि २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि भद्रकाली मावि र वाराही मावि आमनेसामने हुने भएका छन् । बिहीबार भएको सेमीफाइनल खेलमा भद्रकालीले अमरसिंह मावि र वाराही माविले त्रिभुवन शान्ति माविलाई पराजित गर्दै उपाधि भीडन्त पक्का गरेका हुन् ।

Advertisement

फाइनल खेल शुक्रबार हुने आयोजक पोखरा महानगरापालिका क्रिकेट संघका अध्यक्ष वीरेन्द्र गुरुङले जानकारी दिए । प्रतियोगिता अन्तर्गत विहीबार भएको पहिलो सेमीफाइनल खेलमा भद्रकाली माविले अमरसिंह माविलाई १ रनले पराजित ग¥यो । पानी परेर ५ ओभर घटाएर १० ओभरमा झारिएको खेलमा टस जितेर अमरसिंह माविले फिल्डिङ रोजेपछि पहिलो ब्याटिङमा उत्रिएको भद्रकाली माविले निर्धारित १० ओभरमा ५ विकेटको क्षेतीमा ९५ रन बनाएको थियो ।
भद्रकाली माविका लागि रिया तामाङले २१ बलमा ३३ रन र रिसा तामाङले १६ बलमा १२ रनको योगदान दिए । अमरसिंह माविकी चन्द्रमाया बरालले कसिलो बलिङ गर्दै २ ओभरमा ८ रन खर्चेर २ विकेट र सुविना गुरुङले २ ओभरमा २० रन खर्चेर २ विकेट हत्याए ।

९६ रनको लक्ष्य पछ्याएको अमरसिंह मावि निर्धारित १० ओभरमा ४ विकेट गुमाएर ९४ रनमा सीमित भएपछि भद्रकाली मावि १ रनले विजयी भएको हो । भद्रकाली माविका लागि तीर्था तामाङले ३० बलमा २४ रन र सोफिया गुरुङले २१ बलमा १८ रनको योगदान दिए पनि हार टार्न सकेनन् । भद्रकालीकी रिया तामाङले २ ओभरमा १५ रन खर्चेर २ विकेट लिएकी थिईन् ।

पहिलो सेमीफाइनल खेलमा भद्रकालीकी रिया तामाङ प्लेयर अफ दी म्याच घोषित भईन् ।
दोस्रो सेमीफाइनल खेलमा वाराही माविले त्रिभुवन शान्ति माविलाई ६ विकेटले पराजित गर्दै सेमीफाइनल यात्रा तय ग¥यो । त्रिभुवन शान्ति माविले टस जितेर ब्याटिङ रोज्दै निर्धारित १५ ओभरमा ५ विकेट क्षतिमा १ सय २ रन बनायो । त्रिभुवन शान्ति माविकी अनुस्का नेपालीले २२ बलमा २५ रन र विपासा कार्कीले २० बलमा १४ रन बनाउनुबाहेक अन्यले उल्लेख्य रन बनाउन सकेनन् । वराही माविकी सुस्मा पौडेलले ३ ओभरमा १८ रन खर्चेर २ विकेट हत्याइन् ।

१ सय ३ रनको लक्ष्य पाएको वाराही माविले ९.३ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टाउँदै सेमीफाइनल यात्रा सुनिश्चित गरेको हो । वाराही माविकी सफलता भुजेलले २३ बलमा २२ रन र कुसुम बास्तोलाले १७ बलमा १३ रन बनाए । त्रिभुवन शान्ति माविकी खुश्बु यादवले ३ ओभरमा २८ रन खर्चेर २ विकेट लिएपनि हार टार्न सकिनन् । खेलमा सुष्मा पौडेल प्लेयर अफ दी म्याच घोषित भइन् ।

Advertisement

तपाईको प्रतिक्रिया