युनिभर्सिटी अफ इस्ट लण्डनमा नेपाली नयाँ वर्षको भव्य उत्सव

लण्डन । युनिभर्सिटी अफ इस्ट लण्डनस्थित नेपाली समाजको आयोजनामा नेपाली नयाँ वर्षको अवसरमा एक भव्य कार्यक्रम सम्पन्न भएको छ। लण्डनमा अध्ययनरत नेपाली विद्यार्थी तथा नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको यस कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरू, परम्परागत खेलकुद तथा नेपाली स्वादले भरिपूर्ण परिकारहरू प्रस्तुत गरिएको थियो।
उपस्थितहरूलाई घरको झल्को दिने यस्ता खानाले सबैलाई एकैछिनका लागि नेपालमै रहेको महसुस गरायो।
त्यसैगरी, नेपाली विविधता झल्काउने परम्परागत खेलहरू पनि समावेश गरिएको थियो—जसमा दोरी तान्ने खेल, , लाठी खेल, र अन्य जातीय खेलहरू प्रस्तुत गरिएका थिए।
यी खेलहरूले सहभागीहरूबीच आपसी मित्रता, सहयोग र रमाइलोको वातावरण सिर्जना गर्यो।
उपस्थित सम्पूर्ण दर्शक तथा सहभागीहरूले विदेशको भूमिमा समेत नेपाली भाषा, संस्कृति, र परम्परालाई सम्मान र जगेर्ना गर्दै नयाँ वर्षको सुरुवात गर्न पाएकोमा अत्यन्त खुशी व्यक्त गरे।
यस्ता कार्यक्रमहरूले विदेशमा रहेका नेपालीहरूलाई एकताको भावना जगाउनुका साथै आफ्नो पहिचानलाई जगेर्ना गर्न प्रेरणा दिने विश्वास लिइएको इनास युकेका प्रवक्ता विज्ञान कार्कीले बताए ।









६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया